शनिबार, मंसिर ६, २०८२

५११ खेलाडी सम्मिलित एसियन गेम्सको बन्द प्रशिक्षण बुधबारबाट

चीनमा हुने १९ औं एसियन गेम्सका लागि नेपाली खेलाडीको प्रारम्भिक बन्द प्रशिक्षण भोलि (जेठ २५ गते) बाट सुरु हुने भएको छ।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं– चीनमा हुने १९ औं एसियन गेम्सका लागि नेपाली खेलाडीको प्रारम्भिक बन्द प्रशिक्षण भोलि (जेठ २५ गते) बाट सुरु हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले बुधबारदेखि २३ खेलको पहिलो चरणको प्रशिक्षण सुरु गर्ने जानकारी दिएको हो।

National life

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको कार्यक्रमको उद्घाटन गर्दै टंकलाल घिसिङले विगतमा धेरै प्रशिक्षणहरु ठप्प झै भएको तर अब प्रशिक्षले निरन्तरता पाउने बताएका छन्। त्यस्तै राखेपले यस्ता खेलकुद प्रतियोगितालाई विशेष प्राथमिकताका साथ राख्ने र यस्ता प्रशिक्षणहरुलाई निरन्तरता दिइने र बन्द प्रशिक्षणमा अनुशासनका साथ सहभागी जनाउन उनले सबैलाई आग्रह गरे।

‘यो प्रशिक्षण एसियाडका लागि मात्र नभई अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताका लागि पनि हो र यस्ता प्रशिक्षणहरु खेलाडीलाई वर्षैभरि गराइनु पर्छ,’ उनले भने। घिसिङले प्रशिक्षणको पहिलो चरणको लागि पाँच करोड छुट्याइएको बताएका छन्। र, दोस्रो चरणका लागि पनि बजेट पारित भइसकेको बताए।

कार्यक्रममा सदस्यसचिव घिसिङले २३ खेलका सबै खेल संघलाई प्रशिक्षणका लागि आवश्यक खेल सामाग्री पनि हस्तान्तरण गरेका छन्। जेठ २५ गते बाट हुने पहिलो चरणको बन्द प्रशिक्षण आषाढ २३ गते सम्म हुनेछ।

त्यस्तै, दोस्रो चरणको छनोट आषाढ २४ देखि आषाढ २७ गते सम्म हुनेछ। र, प्रशिक्षणको आन्तारिक मूल्याङ्कन आषाढ २८ देखि ३० गते सम्म हुनेछ।

Laxmi sunrise bank
kumari

२३ खेल समावेश भएको बन्द प्रशिक्षणमा २३० जना पुरुष र  २८४ जना महिला गरि जम्मा ५१४ जना खेलाडी प्रशिक्षणमा हुनेछन्। 

यता एसियन गेम्स भने यो वर्षका लागि स्थगित भएको छ। अब एसियन गेम्स अर्को वर्ष आयोजना हुने एसियाली ओलम्पिक कमिटीले जानकारी दिइसकेको छ। चीनको ग्वान्जाउमा आयोजना हुने प्रतियोगिताको नयाँ मिति भने घोषणा भइसकेको छैन।

एसियाली गेम्सका लागि खेलको बन्द प्रशिक्षण आआफ्नो संघमा हुने राखेपले जानकारी दिएको छ। बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको नाम पनि सार्वजनिक भएको छ। अब आउँदो असार २३ गतेसम्म पहिलो चरणको बन्द प्रशिक्षण हुनेछ। त्यसपछि छनोट हुने राखेपले जानकारी दिएको हो।

प्रकाशित: Jun 07, 2022| 18:05 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।