बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोटरसाइकल दुर्घटनामा प्रिन्सिपलको मृत्यु, निजी विद्यालयहरु बन्द

मोटरसाइकल दुर्घटनामा प्रिन्सिपलको मृत्यु, निजी विद्यालयहरु बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- मोटरसाइकल दुर्घटनामा परि धनुषास्थित एक निजी विद्यालयका प्रिन्सिपलको ज्यान गएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित जनज्योति बोर्डिङ्ग स्कुलका संस्थापक तथा प्रिन्सिपल ३९ वर्षिय प्रेमचन्द्र कुसियैत यादवको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यादव आइतबार साँझ आफ्नो घर सिरहाको विष्णुपुर गाउँपालिकाबाट ज १० प ८०१८ नम्बरको मोटरसाइकल चढेर महेन्द्रनगर आउने क्रममा मिथिला नगरपालिका–४ पुष्वलपुरमा दुर्घटना भएको थियो । अत्याधिक गतिका कारण अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरले जनाएको छ । यादव चढेको मोटरसाइकलले एकजना बोलबम यात्रीलाई समेत ठक्कर दिएको र उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

मोटरसाइकल दुर्घटनामा मृत्यु भएका संस्थापक एवम प्रिन्सिपल यादवप्रति समवेदना प्रकट गर्न धनुषाका सम्पूर्ण निजी विद्यालयहरु बन्द गरिएको छ । निजी विद्यालयहरुको संगठन एन प्याबसन र प्याबसनले संयुक्त रुपमा यादवको निधनप्रति शोक व्यक्त गर्दै विद्यालय बन्द गर्न आह्वान गरेका हुन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।