शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मेस्सीको 'फ्लप' सिजन

मेस्सीलाई पीएसजीले जुन किसिमले स्वागत गर्‍यो, त्यो हेर्न लायक थियो। फुटबलका महान् खेलाडी मेस्सीलाई क्लब तथा समर्थकले पर्याप्त माया र सम्मान दिए। उनले फ्रि ट्रान्सफरमा दुई वर्षका लागि पीएसजीसँग सम्झौता गरे तर आफ्नो जर्सी नम्बर १० भने पाएनन्। उनले ३० नम्बर जर्सी चुपचाप स्वीकारे।
 |  बुधबार, जेठ २५, २०७९
nespernesper

शिशिर बस्नेत

शिशिर बस्नेत

बुधबार, जेठ २५, २०७९

कसैको निकट सम्बन्ध देखाउनुपर्दा नेपालीमा एउटा उदाहरण छ- नङ र मासुजस्तै। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र बार्सिलोनाको सम्बन्ध पनि नङ र मासुजस्तै थियो। दुवैको अस्तित्व आपसमा जोडिएका थिए। फुटबल समर्थकलाई लाग्थ्यो- अहिलेको समयमा मेस्सीबिनाको बार्सिलोना कल्पना गर्न सकिन्छ त?  कदापि सकिँदैन।

himalayan bank box

क्लबका अध्यक्ष रहेका जोसेप मारिया बर्टोमाउ भन्ने गर्थे- मेस्सीले मसँग बार्सिलोनाबाटै संन्यास लिन्छु भनेका छन्। यसो भनेर उनले धेरैलाई ढुक्क बनाएका थिए। उनले यसो भन्नुका पछाडि पनि कारण थियो। त्यो कारण हो- मेस्सीले अब क्लब छोड्दैछु भनिसकेका थिए।

यद्यपि बर्टोमाउ र समर्थक ढुक्क थिए, मेस्सीले क्लब छोड्दैनन्। किनभने यी दुईको सम्बन्ध मात्र गाढा थिएन। बार्सिलोना र मेस्सी एकअर्काका पर्याय नै थिए। मेस्सीको जर्सी संसारभर बिक्री हुन्छ। उनको खेल प्रसारण गर्न पाउँदा टेलिभिजनले धेरै पैसा दिन्छा्। साथै उनकै खेल हेर्नका लागि पनि रंगशालामा धेरै मानिस जम्मा हुन्छन्। मेस्सीलाई पनि बार्सिलोनाले संसारभरिकै फुटबलरको तुलनामा धेरै तलब दिएर राखेको थियो।

सम्बन्ध पैसाको मात्र थिएन। विश्वासको पनि थियो! गत वर्षको मार्चमा बार्सिलोना बोर्डको नयाँ कार्यसमितिको चुनाव हुने भयो। त्यसमा खेलाडीको तर्फबाट मेस्सीले पहिलोपटक भोट हालेका थिए। छोरालाई लिएर भोट हाल्न पुगेका मेस्सीले जुवन लापोर्टालाई जिताए। चुनावअघि त मेस्सीलाई क्लबमै राख्ने लापोर्टाले योजना रहेको बताउँदै आएका थिए।

चुनावपछि बिदा मनाउन मेस्सी घर फर्किए। उनको सम्झाैता सकिसकेको थियो। उनलाई साइन गर्नका लागि विश्वका ठूला क्लबहरूले प्रस्ताव राखिरहेका थिए। अघिल्लो वर्ष नै म्यानचेस्टर सिटीले उनका लागि ६०० युरो खर्च गर्ने तत्परता देखाइसकेको थियो। मेस्सी त्यता जान तयार भइसकेका थिए। तर अन्तिममा गएनन्। यो वर्ष पनि जाँदैनन्। धेरैले त्यही सोचे।

Metro Mart
vianet

नभन्दै बार्सिलोनाले सूचना जारी गर्यो- मेस्सी र बार्सिलोनाबीच मौखिक सम्झौता भइसकेको छ। अब उनी क्याटलोनिया फर्किएपछि पेपरवर्क हुनेछ। त्यसको केही दिनमा मेस्सी बार्सिलोना फर्किए। पेपरवर्क भयो। तर, सबैले सोचेविपरीत।

त्यतिबेला सायदै कसैले कल्पना गरेको थियो होला। स्वयं मेस्सीले पनि यो सोचेका थिए कि थिएनन्?  खेल जीवनमै सबैभन्दा धेरै माया गरेको क्लबबाट खेल्दाखेल्दै छुटिनु पर्नेछ।

चुनावपछि बिदा मनाउन मेस्सी घर फर्किए। उनको सम्झाैता सकिसकेको थियो। उनलाई साइन गर्नका लागि विश्वका ठूला क्लबहरूले प्रस्ताव राखिरहेका थिए। अघिल्लो वर्ष नै म्यानचेस्टर सिटीले उनका लागि ६०० युरो खर्च गर्ने तत्परता देखाइसकेको थियो। मेस्सी त्यता जान तयार भइसकेका थिए। तर अन्तिममा गएनन्। यो वर्ष पनि जाँदैनन्। धेरैले त्यही सोचे।

मेस्सीका लागि उनको लागि त क्लब सबैथोक थियो। अघिल्लो सिजन पनि बार्सिलोना छोड्ने कुरा गरेपछि मेस्सीको परिवारका सबैजना रोएका थिए। उतिबेला मेस्सीलाई परिवार सम्हाल्नै गाह्रो परेको थियो। तर एक वर्षपछि नै त्यो समय आइ नै हाल्यो।

बार्सिलोनाले भन्यो- हामी मेस्सी गुमाउन चाहँदैनौ। मेस्सीले भने- म बार्सिलोनामै बस्न चाहन्छु। तर पनि सम्झौता हुन नसक्नुको कारणचाहिँ पैसा नै थियो। मेस्सीसँग बार्सिलोनाको खर्च २१० मिलियन डलर हुन्थ्यो। ला लिगाले २०० मिलियन भन्दा धेरै खर्च गर्न अनुमति दिने थिएन। चाहना हुँदाहुँदै पनि सम्झौना नवीकरण हुन सकेन।

त्यसैको नतिजा थियो- अघिल्लो वर्ष फुटबल इतिहासमा ठूलो हलचल ल्याउने खेलाडीको बिक्री सम्भव भएको। बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेको। १७ वर्षे लामो यात्रा जहाँबाट उनले खेल्न सिके। खेललाई निखारे। सबै उपाधि पनि जिते। र, यहीबाट संन्यास लिने पनि सोचेका थिए। तर उनको कथा उनले सोचेअनुरुप अघि बढेन। क्लबको आर्थिक संकटलाई बुझेर आधामात्रै पारिश्रमिक मागे, त्यो पनि क्लबले दिन सकेन। अनि टिस्यु पेपरमा साइन गरेर बार्सिलोना भित्रिएका मेस्सी टिस्युले नै आँसु पुछ्दै निस्किए।

स्पेन छाडेपछि उनको दुई विकल्प थिए- म्यानचेस्टर सिटी र पीएसजी। सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले मेस्सी अनुबन्ध नगर्ने बताइसकेका थिए। तर अझै पनि ब्राजिलियन फरवार्ड नेयमार मेस्सीलाई सहयात्री बनाउन चाहन्थे। अब मेस्सीको गन्तव्य सपाट भयो। फ्रान्स शीर्ष डिभिजनको फुटबल खेल्ने क्लब पेरिस सेन्ट जर्मेन्ट (पीएसजी)मा उनको यात्रा हुने भयो। जहाँ नेयमारसँगै राष्ट्रिय टिमका सहकर्मी एन्जल डिमारिया, माउरो इकार्डी र लेन्द्रो पार्डेसलगायतका खेलाडी थिए।

नयाँ अनुभव

मेस्सीलाई पीएसजीले जुन किसिमले स्वागत गर्यो, त्यो त झनै हेर्न लायक थियो। फुटबलका महान खेलाडी मेस्सीलाई क्लब तथा समर्थकले पर्याप्त माया र सम्मान दिए। उनले फ्रि ट्रान्सफरमा दुई वर्षका लागि पीएसजीसँग सम्झौता गरे। तर आफ्नो जर्सी नम्बर १० भने पाएनन्। उनले ३० नम्बर जर्सी चुपचाप स्वीकारे।

'१० नम्बर लगाउँदा त त्यस्तो राम्रो खेल्ने मेस्सीले ३० नम्बर लगाउँदा त्यसको तीन गुणा खेल देखाउनेछन,' धेरैले मेस्सीलाई लिएर यो कुरा भनेका थिए। जे होस्, धेरै नबोल्ने मेस्सीका लागि अन्य क्लबबाट खेल्नु विल्कुल नौलो अनुभव थियो। सहकर्मी नेयमारलाई प्रतिस्थापन गर्दै खेलको ६६ औं मिनेटमा रिम्सविरुद्ध मेस्सीले पीएसजीमा डेब्यु गरे। उनको डेब्यु हेर्न हजारौं दर्शक तथा समर्थक मैदानमा उपस्थित थिए। डेब्यु खेलमा पीएसजीले २-० ले खेल जित्यो। डेब्यु खेलमा मेस्सी गोल गर्न भने सकेनन्। तर च्याम्पियन्स लिगमा उनले म्यानचेस्टर सिटीविरुद्धको खेलमा भने सानदार गोल गरे। उक्त गोल च्याम्पियन्स लिगको 'गोल अफ द विक' समेत भयो। तर स्टार्ट लिस्टमा मेस्सीको नाम भएको पहिलो दिन पीएसजीले क्लब ब्रुगसँग दिक्कलाग्दो बराबरी गरेको थियो।

फुटबलका जादूगर अर्थात् लियोनल मेस्सी। फुटबल समर्थक उनको जादू हेर्न सधै उत्साहित हुन्छन्। धेरैले भन्छन्- मेस्सीले फुटबललाई कला बनाएका छन्। धेरैलाई आशा थियो मेस्सीले बार्सिलोनामा जस्तै पीएसजीको मैदानमा पनि राम्रो कलाकारिता प्रस्तुत गर्नेछन्। तर सबैको आशा निराशामा परिणत भयो। उनको प्रदर्शनमा धेरैले नाक खुम्च्याए, न धेरै गोल नै भयो।

'१० नम्बर लगाउँदा त त्यस्तो राम्रो खेल्ने मेस्सीले ३० नम्बर लगाउँदा त्यसको तीन गुणा खेल देखाउनेछन,' धेरैले मेस्सीलाई लिएर यो कुरा भनेका थिए। जे होस्, धेरै नबोल्ने मेस्सीका लागि अन्य क्लबबाट खेल्नु विल्कुल नौलो अनुभव थियो।

विश्वभरका स्टार खेलाडीले भरिएको टिम पीएसजी जहाँ मेस्सी, नेयमार र केलियन एम्बाप्पेजस्ता खेलाडी भए पनि तालमेल बन्न सकेन। तीन आक्रामक खेलाडी तर टिमले धेरै गोल गर्न सकेन। मेस्सीले कुनै पनि खेलमा खुलेर, उच्च मनोबलका साथ खेल्न नसकेको फुटबल पण्डितले चर्चा गर्न थालेका छन्। उनको अन्य खेलाडीसँगको तालमेल मजबुद भएन। पीएसजीमा मेस्सीको मनोबल बुझ्ने नेयमारसँग पनि उनको तालमेल हुन सकेन।

कीर्तिमानी ६ पटकका युरोपियन बालोन डिओर विजेता मेस्सीलाई पीएसजीमा गोलको खडेरी लाग्यो। बार्सिलोनामा प्रत्येक सिजन औसतमा ४०-५० गोल गर्ने मेस्सीले पीएसजीमा पहिलो सिजन २० गोलको आँकडा पनि पूरा गरेनन्।

मेस्सी तिनै खेलाडी हुन् जसले सन् २०१२ मा ९१ गोल गर्दै कीर्तिमान राखेका थिए। लिग वानमा मेस्सीले २४ खेलमा ६ गोल र १४ असिस्ट गरे। त्यस्तै च्याम्पियन्स लिगमा उनले पाँच गोल गरे र कुनै पनि असिस्ट गर्न सकेनन्। यो मेस्सीको खेल जीवनको सबैभन्दा खराब सिजन हो। यद्यपि उनले पीएसजीका लागि लिग वानको उपाधि जिते। यो उनले पीएसजीमा जितेको पहिलो उपाधि हो। घरेलु लिग बाहेक क्लबले अन्य उपाधि जितेन। घरेलु प्रतियोगिता फ्रेन्च कपमा पीएसजी अन्तिम १६ भन्दा माथि जान सकेन। पीएसजीलाई निसले पेनाल्टीमा ६-५ ले हरायो। जसले पीएसजीको सबै घरेलु उपाधि जित्ने सपनामा पूर्णविराम लाग्यो।

सिजनको दौरान मेस्सी कोभिड-१९ बाट संक्रमित भए जसले गर्दा उनले केही खेल गुमाए। टिमले उनलाई आराम दिने निर्णय गर्‍यो। त्यस्तै उनलाई चोटले केही समय थलायो। उनले केही खेलहरु गुमाए। कोभिड र चोटका कारण पनि मेस्सीले पहिलो सिजन राम्रो प्रदर्शन गर्न सकेनन्। 

अधुरै रह्यो सपना

लियोनल मेस्सीलाई पीएसजीले भित्र्याउँदै गर्दा क्लबको योजना थियो बलियो टिम सहित च्याम्पियन्स लिग जित्ने। क्लब इतिहासमा च्याम्पियन्स लिग जित्न नसकेको पीएसजीले उपाधि जित्नका लागि धेरै खेलाडीहरू भित्र्यायो।

त्यो सपना साकार बनाउन मेस्सी, जियान्लुइजी डोनारुमा, जोजियो वाइनाल्डम र सर्जियो रामोसजस्ता खेलाडी क्लबले अनुबन्ध गर्यो। एक सिजनअघि फाइनल पुगेको पीएसजीसँग अब यति खेलाडी थपिएपछि युरोपको च्याम्पियन बन्ने ढुक्क थियो। सन् १९७० अगस्ट १२ मा स्थापना भएर ५० वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पीएसजीको सपना एउटै छ- च्याम्पियन्स लिग जित्ने।

क्लबका अध्यक्ष नासिर अल खिलाफीले मेस्सीलाई अनुबन्ध गर्दै भनेका थिए, 'मेस्सीको अनुबन्ध क्लबको ऐतिहासिक दिन हो र मेस्सी सधैभरिका लागि उत्कृष्ट खेलाडी हुन्।' मेस्सी पनि पीएसजीबाट च्याम्पियन्स लिग जित्ने सपना देख्दै थिए। उनलाई उपाधि जितेर पीएसजीमा इतिहास बनाउनु थियो।

मेस्सीले अनुबन्धमा खुसीसाथ भनेका थिए, 'म विश्वस्त छु, हामी धेरै उपाधि ल्याउँछौ। मलाई यहाँ आउदा धेरै खुशी लाग्यो। ‍म अझै खेल्न चाहन्छु र अझै जित्न चाहन्छु। पीएसजीको टिम अविश्वसनीय छ र म यहाँ उत्कृष्ट खेलाडीसँग खेल्ने छु।' उनले धेरै जित्न चाहन्छु भनेर च्याम्पयन्स लिगमा नै संकेत गरेको प्रष्टै बुझिन्थ्यो।

'म यहाँ आउन नेयमारको ठूलो योग्दान छ, नेयमार उनको स्थानमा उत्कृष्ट खेलाडी हुन्। म नेयमारलाई बार्सिलोनामा चाहन्थे तर त्यो स्थिति फेरिएको छ। अहिले म नेयमारसँग पीएसजीमा छु,' मेस्सीले अगाडि भनेका थिए।

लियोनल मेस्सीलाई पीएसजीले भित्र्याउँदै गर्दा क्लबको योजना थियो बलियो टिम सहित च्याम्पियन्स लिग जित्ने। क्लब इतिहासमा च्याम्पियन्स लिग जित्न नसकेको पीएसजीले उपाधि जित्नका लागि धेरै खेलाडीहरू भित्र्यायो।

मेस्सी र पीएसजीको सपना भर्खरै सकिएको सिजनमा पनि अन्तिम १६ भन्दा माथि जान सकेन। स्पेनिस महारथि रियल मड्रिडले पिँएसजीको सपनामाथि पूर्णविराम लगाइदियो। पहिलो लेग जहाँ मेस्सी पेनाल्टीमा गोल गर्न चुके तर पनि खेल १-० ले जित्यो तर दोस्रो लेगमा ३-१ ले पराजित भयो र समग्रमा ३-२ गोल अन्तरले पराजित हुँदै पीएसजी च्याम्पियन्स लिगबाट बाहिरियो।

२०२० को सिजन पहिलोपटक फाइन पुगेको बेला जर्मन क्लब बायर्न म्युनिखसँग १-० ले पराजित भएको पीएसजीले सन् २०२१ का साथै १९९४ र ९५ मा पहिलो सेमिफाइनलको स्वाद चाखिसकेको थियो।

यो वर्ष रियलसँगको हारसँगै पीएसजीको सपनामा बादल लाग्यो। जसले गर्दा पीएसजीका खेलाडीहरुको उसका समर्थकले नै आलोचना गरे। लिग वानका उपाधिको उत्सव पनि खेलाडीले प्रशिक्षकसँग मनाएनन्।

समर्थकबाट दुर्व्यवहार

बार्सिलोनामा समर्थकबाट माया नै माया पाएका मेस्सीले पीएसजीमा पटक दुर्वयवहार भोगे। च्याम्पियन्स लिगमा रियल मड्रिडसँगको पराजयपछि पीएसजीका समर्थकहरुले मेस्सीलाई घरेलु मैदानमा दुर्व्यवहार गरे। पीएसजीको घरेलु मैदानमा खेल भइरँहदा मेस्सीले प्रत्येक पटक बल छुँदा समर्थकले हल्ला गरे तर त्यो समर्थनको हल्ला थिएन, दुर्व्यवहार थियो।

च्याम्पियन्स लिगमf खराब प्रदर्शन र पराजयले रुष्ट भएका समर्थकहरु मेस्सीको विरोध गर्दै उनीमाथि खनिए। यसै सन्दर्भलाई लिएर पीएसजीका प्रशिक्षक पोचेटिनोले भनेका थिए, 'मेस्सीमाथि गरेको व्यवहारप्रति म असन्तुष्ट छु। मेस्सी उत्कृष्ट खेलाडी हुन् जसले यस्तो दुर्व्यवहार भोग्नु एउटा दु:खको कुरा हो। उनीहरुले उत्कृष्ट खेलाडीको सम्मान गर्नुपर्छ।'

मेस्सीले बार्सिलोनाको सिनियर पहिलो सिजन बिताउँदा पनि उनको त्यो सिजन राम्रो थिएन। त्यसपछिका (सन् २००५ यता) वर्षहरूमा यो नै उनको खराब सिजन रह्यो। पीएसजीमा उनको पहिलो सिजन चलिरहेको छ। र, धेरै समर्थकको विश्वास छ- दुई सिजनको सम्झाैता गरेका मेस्सीले आउँदो वर्ष राम्रो गर्नेछन्।

- अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा

प्रकाशित: Jun 08, 2022| 07:36 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।