बिहीबार, असार ४, २०८३

सफा हिमाल अभियानबाट ३३ हजार ८०० किलो फोहोर संकलन

नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सञ्चालन भएको सफा हिमाल अभियानको तेस्रो संस्करण सम्पन्न भएको छ।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सञ्चालन भएको सफा हिमाल अभियानको तेस्रो संस्करण सम्पन्न भएको छ।

National life

विश्व वातावरण दिवसको अवसरमा आइतबार होटल याक एन्ड यतीमा कोकाकोला फाउन्डेसनले समापन समारोह आयोजना गरेको थियो। 

कार्यक्रममा वातावरण विभागका महानिर्देशक गोपाल प्रसाद अर्याल लगायत विभिन्न सरोकारवाला संस्थाहरु, अभियान साझेदारहरु र सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो।

सफा हिमाल अभियान २०२२ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरि चार हिमालबाट ३३ हजार ८०० केजीभन्दा बढी फोहोर (७ हजार २२७ केजी कुहिने र २६ हजार ६५० केजी नकुहिने) संकलन भएको छ। संकलन गरिएको फोहोरलाई प्रमाणीकरण पश्चात वर्गीकरण, प्रशोधन र पुनः प्रयोगको लागि रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिनेछ।


Shivam cement

प्रकाशित: Jun 07, 2022| 17:03 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।