मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • थाइल्यान्डसँग पराजित भएपछि नेपालको विश्वककप यात्रामा पूर्णविराम

थाइल्यान्डसँग पराजित भएपछि नेपालको विश्वककप यात्रामा पूर्णविराम

मलेसियामा भइरहेको एसियाली छनोट खेलमा थाल्यान्डसँग ४९ रनको ठूलो हार व्यहोरेसँगै नेपालको विश्वाप यात्रामा पूर्णविराम लागेको हो।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं– नेपाली यू-१९ महिला टिमको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने आईसीसी महिला विश्वकप यात्रामा पूर्णविराम लागेको छ।

मलेसियामा भइरहेको एसियाली छनोट खेलमा थाल्यान्डसँग ४९ रनको ठूलो हार व्यहोरेसँगै नेपालको विश्वाप यात्रामा पूर्णविराम लागेको हो।

एसियाली छनोटमा यो नेपालको दोस्रो हार हो। नेपालले यसअघि नै यूएईसँग लज्जास्पद हार भोगिसकेको थियो। उक्त खेलमा ८ रनमै अलआउट भएको नेपालले १० विकेटको हार व्यहोरेको थियो।

यसँगै नेपालले खेलेका चार खेलमा दूई हार र दुई जित निकालेको छ। नेपालले कतार र भुटानलाई हराएको हो।

आजको खेलमा पहिले ब्याटिङ गरेको थाइल्यान्डले पूरा ओभर खेल्दै सात विकेटको क्षतिमा ८९ रन बनाएको थियो। जवाफमा नेपालले एक बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाएर ४० रन मात्र बनाउन सक्यो।

kumari

नेपालका लागि ओपनर साना प्रविनले ६ रन बनाइन् भने सृष्टि जैसीले सात र कृतिका कनु कठायतले पाँच रन बनाइन्। यता थाइल्यान्डकी नाथिता बोन्सुखामले तीन विकेट लिइन्।

पहिलो पारीमा थाइल्यान्डका थिपाचा पुथावङले २० रन बनाइन् भने बान्थिडा लिफ्थानाले १९ रनको योगदान दिइन्।

आजको खेलमासँगै यूएई र थाइल्यान्डले शतप्रतिशत जित निकालेका छन्। थाइल्यान्डले ८ अंक  बनाएको छ भने यूएईको ६ अंक छ। नेपालले चार खेलबाट चार अंक मात्र जोड्न सकेको छ।

प्रकाशित: Jun 07, 2022| 16:38 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।