बिहीबार, असार ४, २०८३

बारा र बाँकेमा कुटपिटबाट २ जनाको मृत्यु, ३ पक्राउ

मृत्यु हुनेमा बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका-६ पटेर्वा बस्ने प्रभुप्रसाद कुशवाहा र बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने ७० वर्षीया लिलावती गुप्ता छन्।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं- बारा र बाँकेमा भएका छुट्टाछुट्टै कुटपिटका घटनामा परीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका-६ पटेर्वा बस्ने प्रभुप्रसाद कुशवाहा र बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने ७० वर्षीया लिलावती गुप्ता छन्। 

National life

कुशवाहमाथि कटुपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कोतवाल-६ कै ५० वर्षीय किशोरी कुशवाहा र ५५ वर्षीय रामप्रवेश महतो रहेका छन्। किशोरी कुशवाहा, रामप्रवेश महतो र सोही ठाउँ बस्ने ५० वर्षीय हिरामण कुशवाहा समेतले जग्गा नाप्ने विषयमा विवाद भई कुटपिट गर्दा गम्भीर घाइते भएका प्रभु कुशवाहाको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो। हाल फरार हिरामणको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। 

उता बाँकेकी लिलावती गुप्ताको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय कोईली भन्ने शिव कुमार बढईलाई सोमबार राति पक्राउ परेका छन्। गुप्ताको पसलमा सामान किन्ने क्रममा विवाद गरी बढईले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो। 

कुटपिट गरी फरार भएका बढईलाई वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jun 07, 2022| 15:55 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।