शनिबार, मंसिर ६, २०८२

बायर्न म्युनिख जान माने तयार

इङ्ग्लिस क्लब लिभरपुलका अफ्रिकन फर्वाड साडियो माने जर्मन क्लब बायर्न म्युनिखसँग सम्झौता गर्न तयार भएका छन्।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं– इङ्ग्लिस क्लब लिभरपुलका अफ्रिकन फर्वाड साडियो माने जर्मन क्लब  बायर्न म्युनिखसँग सम्झौता गर्न तयार भएका छन्।

National life

माने व्यक्तिगत रुपमा बायर्न जान सहमत भए पनि लिभरपुलसँग भने कुनै पनि सम्झौता नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अब चाँडै नै दुई क्लबबीच छलफल गरी सम्झौता हुने बताइएको छ।

भर्खरै सम्पन्न च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस महारथि रियल मड्रिडसँग १–०ले पराजित भएसँगै माने लिभरपुल छाड्ने निर्णयमा पुगेका हुन्। साउथ ह्याम्टनबाट सन् २०१६ मा माने ३४ मिलियन युरोमा एन्फिल्ड आएका थिए।

उनले लिभरपुलका लागि २६३ खेलमा १११ गोल र ३८ असिस्ट पनि गरेका छन्। मानेले सन् २०१८–१९ को प्रिमियर लिगमा गोल्डेन बुट जितेका थिए। एउटा फिफा क्लब वर्ल्डकप, च्याम्पियन्स लिग, प्रिमियर लिग, सुपर कप, एफए कप, इएफएल कप जितेका छन्। उनी लिभरपुलका उत्कृष्ट खेलाडी मध्येका एक हुन्।

प्रकाशित: Jun 07, 2022| 15:31 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।