आइतबार, असार २८, २०८३

एमाले र नेकपा एसका दोस्रो तहका नेता निरन्तर छलफलमा

नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन्।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

काठमाडौं– नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन्।

विशेषगरी एमालेभित्र संस्थापन इतर भनिएका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराईहरु निरन्तर छलफलमा आइरहेको नेकपा एसका एक नेताले बताए।

संसदीय चुनावमा एमाले र एकीकृत समाजवादी एक भएर जानुपर्ने भन्दै एमालेका नेताहरु सम्पर्कमा आइरहेको ती नेताको दाबी छ।

‘अबको चुनावमा मिलेर जाऔँ भनेर एमालेका केही नेताहरु सम्पर्क, छलफलमा आइरहनुभएको छ। यदि केपी ओली सच्चिएको अवस्थामा हामीले पनि एमालेसँगै सहकार्य गर्न चाहेका छौं। तर, ओलीको प्रवृत्तिलाई सुध्रिएको छाँट नपाएकोले यसै गर्ने भनेर भन्न सकिँदैन,’ ती नेताले नेपाल समयसँग भने।


प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...