मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बार्सिलोनाका खेलाडीले वार्षिक १० मिलियन युरोभन्दा बढी तलब नपाउने

बार्सिलोनाका खेलाडीले वार्षिक १० मिलियन युरोभन्दा बढी तलब नपाउने

बार्सिलोनाका खेलाडीले अर्को वर्षका लागि वार्षिक १० मिलियन युरोभन्दा धेरै तलब नपाउने भएका छन्।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

kumari

काठमाडौं– बार्सिलोनाका खेलाडीले अर्को वर्षका लागि वार्षिक १० मिलियन युरोभन्दा धेरै तलब नपाउने भएका छन्। आर्थिक संकटमा रहेको बार्साले आर्थिक अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। 

तर कप्तान सर्जियो वुस्केट, जिराड पीके र फ्रेन्की डी जोङजस्ता खेलाडीको भने तलबको सीमा नाघ्नेछ। केही खेलाडीको नयाँ तलब ५० प्रतिशतसम्म कटौती पनि हुने बताइएको छ। भित्र्याउन लागेका नयाँ  खेलाडी रोवर्ट लेवान्डस्की पनि १० मिलियन युरो भन्दा कम तलबमा सहमत भइसकेका छन्।

क्लबले हालको खेलाडीको पारिश्रमिकमा १६० मिलियन युरो घटाउने लक्ष्य राखेको छ। लापोर्ताको आगमनपछि अनुबन्धित भएका सबै खेलाडीले नयाँ नियमलाई स्वीकार गरिसकेका छन्।

प्रकाशित: Jun 07, 2022| 14:15 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।