बिहीबार, असार ३२, २०८३

यूनिसानको अध्यक्षमा मदन राई चयन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- 'संयक्त राष्ट्रसंघ युवक तथा विद्यार्थी संघ नेपाल’ (यूनिसान)को अध्यक्षमा मदन राई चयन भएका छन् । अन्तर्राष्ट्रिय युवा दिवशको अवसर पारेर आइतबार भएको सम्मेलन मार्फत राईको नेतृत्वमा ११ जना नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो ।  

यूनिसानको उपाध्यक्ष्यमा डा. सरल शर्मा, महासचिवमा अम्रित बन्जाडे, सचिवमा बिध्यावती राई, कोषाध्यक्ष्यमा जेफेन लामा, निर्विरोध रुपमा निर्वा्चित भएको निर्वाचन प्रमुख अधिवक्ता दिनेश लामिछानेले जानकारी दिए ।

प्रमुख लामिछानेका अनुसार सदस्यहरुमा निर्मला नेपाली, मनिता पोखरेल, सुनिता डंगोल, सुबिन गुरुङ, बिकाश राई र प्रज्ञावती राई निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रम्मा  पूर्व अध्याक्ष्य डा.प्रकाश बन्जाडेले नवनिर्वाचित  पदाधिकारीहरु लाई बधाई दिँदै राष्ट्रिय एजेण्डालाई अन्तर्राष्ट्रियकरण गर्दै अन्तर्राष्ट्रिय एजेण्डालाई राष्ट्रिय र स्थानीय तहमा लैजान आग्रह गरे । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।