शनिबार, साउन २३, २०८३

दोलखामा एक जना पुरुषको शव फेला

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सोही वडा निवासी २८ वर्षीय बुद्धिमान तामाङको शव फेला परेको हो।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

चरिकोट- दोलखाको भीमेश्वर नगरपालिका-२ को जङ्गलमा एक पुरुष मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सोही वडा निवासी २८ वर्षीय बुद्धिमान तामाङको शव फेला परेको हो। 

मृतक तामाङ जेठ २१ गतेदेखि घरपरिवारबाट सम्पर्कविहीन तामाङको शव मंगलबार बिहान नजिकैको जङ्गलमा फेला परेको प्रहरीले जनाएको छ। मृतक तामाङको अनुहार तथा शरीरको विभिन्न भागमा चोटपटक देखिएकाले भिरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

घटनास्थलमा प्रहरीको टोली पुगी स्थलगत अध्ययन गरेको र थप अनुसन्धान भइरहेको कार्यालयका प्रहरी निरीक्षक राजेश सिग्देलले बताए। मृतको शव हाल चरीकोटस्थित पशुपति स्मिृत अस्पतालमा राखिएको छ। 

प्रकाशित: Jun 07, 2022| 14:07 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।