शनिबार, साउन २३, २०८३

फर्पिङको जंगलमा मृत भेटिएका युवा युवतीको सनाखत

युवक मकवानपुरको इन्द्रसरोवरका २० वर्षीय मनिस ठकुरी र युवती दाङको राप्ती गाउँपालिकाकी २० वर्षीया बिमला कुमालको रहेको खुलेको छ।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं- काठमाडौंको फर्पिङको जंगलमा मृत अवस्थामा भेटिएका एक युवक र युवतीको सनाखत भएको छ। युवक मकवानपुरको इन्द्रसरोवरका २० वर्षीय मनिस ठकुरी र युवती दाङको राप्ती गाउँपालिकाकी २० वर्षीया बिमला कुमालको रहेको खुलेको छ। 

मृतक युवा युवतीको आज पहिचान भएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए। 

सोमबार दिउँसो जंगलमा उनीहरुको शव फेला परेको थियो। उनीहरुको साथमा भएका मोबाइल र अन्य कागजातका आधारमा शवको पहिचान भएको हो। 

शव नजिकै दुईवटा विषको बट्टा पनि भेटिएको र घटनास्थल हेर्दा आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। पोष्टमार्टम रिपोर्टपछि थप पुष्टि हुने एसपी कोइरालाले बताए।

प्रकाशित: Jun 07, 2022| 12:20 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।