बिहीबार, असार ४, २०८३

चार दिनदेखि हराएकी बालिका मकैबारीमा मृत फेला

गुर्भाकोट नगरपालिका-५ की सात वर्षीया गृष्मा विकको शव घर नजिकैको मकैबारीमा भेटिएको हो।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

सुर्खेत- चार दिनदेखि हराइरहेकी एक बालिकाको शव मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ। गुर्भाकोट नगरपालिका-५ की सात वर्षीया गृष्मा विकको शव घर नजिकैको मकैबारीमा भेटिएको हो।

National life

शुक्रबादेखि हराएकी गृष्माको शव मंगलबार बिहान घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ। बालिकाको शव मकैबारीमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धानका लागि सोही ठाउँका एक जना २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल रक्तकाली गणका गणपति विमल डाँगीले बताए।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालसहितको सुरक्षा निकायको टिम पनि घटनास्थलमा पुगेको छ। घटनाबारे थप अनुसन्धान भयरहेको प्रहरीको भनाइ छ। गुर्भाकोट नगरपालिका-५ का वडाध्यक्ष लालबहादुर पुनका अनुसार गृष्मा आफ्नी हजुरआमासँग बस्दै आएकी थिइन्।

बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ। उनका बुवा मजदुरीका लागि भारत गएका छन्। आमाको भने पहिले नै मैत्यु भइसकेको छ। २१ गते हजुरआमासँग धारापानी गएकी उनी घर फर्किने क्रममा बाटोबाटै हराएकी थिइन्।

Shivam cement

आफन्तले सुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरे पनि नभेटिएपछि सोमबारमात्रै प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित: Jun 07, 2022| 12:07 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।