बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कुहिने–नकुहिने फोहोर छुट्याएर ल्याइदिनुस्, महानगरले मिसाउने गल्ती गर्नेछैन : मेयर शाह

कुहिने–नकुहिने फोहोर छुट्याएर ल्याइदिनुस्, महानगरले मिसाउने गल्ती गर्नेछैन : मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आगामी दिनमा कुहिने र नकुहिने नछुट्याई ल्याइएका फोहोर महानगरले नलिने बताएका छन्। मंगलबार फेसबुकमार्फत मेयर शाहले यस्तो जानकारी दिएका हुन्।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आगामी दिनमा कुहिने र नकुहिने नछुट्याई ल्याइएका फोहोर महानगरले नलिने बताएका छन्। मंगलबार फेसबुकमार्फत मेयर शाहले यस्तो जानकारी दिएका हुन्।

National life

नछुट्याएको फोहोर महानगरले संकलन नगरी फर्काइदिने उनले स्पष्ट पारेका छन्। यसबाट पर्न सक्ने असुविधाका लागि

महानगरले माफी चाहेको तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा सम्झौता गर्न नसकिने उनले बताएका छन्।

‘अब फोहोर उठ्नेछ। यो सबैको लागि निःसन्देह खुसीको खबर हो। अहिलेसम्म फोहोर थुप्रिएर पाउनुभएको दुःखका लागि क्षमाप्रार्थी छौँ। साथै कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुःख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ,’ मेयर शाहले भनेका छन्।

फोहोर उठ्नु मात्रै समाधान नभएर अब अझै धेरै कुरा बाँकी रहेको उनले बताएका छन्। उनले भनेका छन्, ‘हामी फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फालेर वा थुपारेर हुँदैन। समाधान तपाईंहरुको साथबिना सम्भव हुँदैन। यसैले हामी आग्रह गर्छौं कि अब तपाईंको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन्। कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ।’

Shivam cement

फोहोरको जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो महानगरबासी स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउने उनको भनाइ छ। मेयरले फेसबुकमा भनेका छन्, ‘जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन। अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौं, तपाईंहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पूरा गरिदिनु हुनेछ।’

महानगरले पहिलेका कमजोरी वा गल्तीहरु नदोर्यार्उने र फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोसिस गर्ने उनले बताएका छन्। ‘हामी यति विश्वास दिलाउन चाहन्छौं कि तपाईंले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन। तपाईंले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफूले नछुट्याई ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन। यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ। यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ।’

मंगलबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल–बन्चरेडाँडा लैजान दिने सहमति जुटेको छ। सहमतिपत्रमा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट हस्ताक्षर छ।

महानगरपालिकाले अबदेखि फोहोरलाई स्रोतमै छुट्याउने प्रक्रिया सुरु गर्ने सोमबारको सहमतिपत्रमा उल्लेख छ। उपत्यकामा थुप्रिएका फोहोरलाई अहिलेकै अवस्थामा बढीमा असार मसान्तसम्म उठाउने र माटोले फोहोर छोप्ने व्यवस्था मिलाइने सहमतिपत्रमा उल्लेख छ। त्यसैगरी साउन १ गतेदेखि उपत्यकामा उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गीकरण गरिने पनि सहमति भएको छ।

प्रकाशित: Jun 07, 2022| 11:52 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।