बिहीबार, असार ४, २०८३

विश्वास नभएपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध

सहमतिपत्रले विश्वासको आधार खडा नगरेको भन्दै बुधबार बञ्चरेडाँडामा फोहोर फाल्न रोकिएको छ। फोहोर बोकेर बञ्चरेडाँडा पुगेका महानगरका ट्रक बाटोमै रोकिएका छन्।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९
National life
Shivam cement
काठमाडौं- सहमतिपत्रले विश्वासको आधार खडा नगरेको भन्दै बुधबार बञ्चरेडाँडामा फोहोर फाल्न रोकिएको छ।  फोहोर बोकेर बञ्चरेडाँडा पुगेका महानगरका ट्रक बाटोमै रोकिएका छन्।

विगतदेखि हालसम्मको समस्या यथावत् रहेको भन्दै स्थानीयले फोहोर फाल्न नदिएका हुन्। स्थानीय श्रीराम ढुंगानाले भने, हाम्रो समस्या सुल्झाउने सहमति पत्र बनेन। यो सम्झौतापत्रले हाम्रो विश्वासको आधार खडा गरेन, त्यसैले अवरोध गरेका हौं।उहाँहरुले सम्झौतापत्रमा करेक्सन गर्न तयार हुनु भए भोलिदेखि नै फोहोर विसर्जन गर्न दिन्छौं। अब मन्त्रालयको हातको कुरा हो पत्र करेक्सन कतिबेला गर्ने।’

जग्गा अधिग्रहण, गुठी जग्गा व्यवस्थापन, उद्योग स्थापना र  स्थानीय युवालाई रोजगारीको व्यवस्था लगायतका कुरामा स्पष्ट व्यवस्था नभएकोमा उनीहरुको असन्तुष्टि छ।

फोहोर व्यवस्थापनका लागि काठमाडौंका मेयर बालेन्द्र शाह पटक पटक बञ्चरे डाँडा पुगेका छन्। तर फोहोर उठ्न सकेको छैन। मेयरप्रति विश्वास नभएर हैन, सरकारका अन्य संयन्त्रले मेयरलाई सपोर्ट नगरेका कारण आफूहरुको विश्वास जित्न नसकेको स्थानीय बताउँछन्।

सहरी विकास मन्त्रालयको पहलमा सोमबार बसेको बैठकमा भएको सहमतिमा सहरी विकास मन्त्रालयका आयोजना निर्देशक रविन्द्र बोहरा, काठमाडौं महागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनिबेसी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी शर्माले हस्ताक्षर गरेका थिए।

उनीहरुले सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, सहरी विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंह, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, उपाध्यक्ष मिठुमाया तामाङ, काठमाडौंका प्रहरीका वरिष्ठ उपरीक्षक सुदिप गिरी, ककनी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष घननाथ बजगाईंको रोहबरमा सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।
प्रकाशित: Jun 07, 2022| 10:54 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।