बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नवीना चौधरीको मृत्युपछि बर्दियामा बिहानैदेखि प्रदर्शन

नवीना चौधरीको मृत्युपछि बर्दियामा बिहानैदेखि प्रदर्शन

ओलारी बजार राजापुर–गुलरिया जाने सडक बन्द गरेर स्थानीयले बिहान ७ बजेपछि प्रदर्शन गरेका हुन्।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

बर्दिया- बर्दियामा मंगलबार बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन्। ओलारी बजार राजापुर–गुलरिया जाने सडक बन्द गरेर स्थानीयले बिहान ७ बजेपछि प्रदर्शन गरेका हुन्। 

National life

समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन माग गर्दै सडक अवरोध गरेर प्रदर्शनमा उत्रिएका सर्वसाधारण र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। सडक खुलाउन लाग्दा भएको झडपमा गोली लागेर घाइते मधुवन-२ की १८ वर्षीया नवीना चौधरीको मृत्यु भएको थियो। 

प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद बास्तोलाले समस्या समाधानका लागि सर्वदलिय बैठक जारी रहेको जानकारी दिए। प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको स्थानीय बासिन्दाको दाबी छ। तर प्रशासनले भने पोष्टमर्टम रिपोर्ट पछि मात्रै मृत्युको कारण खुल्ने बताउने गरेको छ।

शव पोस्टमर्टमका लागि अस्पताल लगे पनि पोस्टमर्टम हुन सकेको छैन। सोमबार बिहान करिब साढे १० बजे खेतमा काम गर्न गएकी स्थानीय अस्मिता थारूलाई बाघले झम्टेर घाइते बनाएको थियो।

उनको नेपालगन्जमा उपचार भइरहेको छ । प्रजिअ बास्तोलाका अनुसार घाइते अस्मिताको अवस्था सामान्य छ। दुई हप्ता अगाडि पनि बर्दियामा बाघले अर्का एक मानिसलाई आक्रमण गरेर घाइते बनाएको थियो। मानिसलाई झम्टने बाघ नियन्त्रणमा लिन स्थानीयले माग गरेका थिए।

Shivam cement

सोमबार पनि उनीहरूले बाघ नियन्त्रणमा लिन प्रदर्शन गरेका  थिए। सोही क्रममा विवाद हुँदा झडप भएको थियो। प्रहरीले अनावश्यक बल प्रयोग गर्दा घटना भएको आरोप स्थानीयको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयकुमार सापकोटाले भिड नियन्त्रणमा लिन प्रहरीले ११ राउन्ड हवाइ फायर गरेको बताए। झडपमा परेर स्थानीय दुई जना पनि घाइते छन्। घाइतेको नेपालगञ्जमा उपचार जारी छ। प्रदर्शनकारीले हानेको ढुंगा लागेर १५ जना प्रहरी घाइते छन्।

प्रकाशित: Jun 07, 2022| 09:53 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।