शनिबार, चैत ३०, २०८१

दशकको प्रतीक्षापछि 'प्लानिङ बोइज'को फड्को

अन्तिम खेलसम्म नै बढुवाका लागि आरसी ३२ र प्लानिङ बोइज प्रतिस्पर्धामा रहे। एक खेल बाँकी रहँदा दुवै टिम समान २८–२८ अंक बनाएर समूहको दोस्रो र तेस्रो स्थानमा थिए। अब अन्तिम खेलमा आरसीले जित निकाले प्लानिङलाई बढुवा हुन गाह्रो हुने थियो।
 |  मंगलबार, जेठ २४, २०७९
nespernesper

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, जेठ २४, २०७९

vianetvianet

काठमाडौं– यही जेठ २० गते सहिद स्मारक सी डिजिभन लिग सकिँदै थियो। लिगमा सहभागी प्लानिङ बोइज क्लबले अन्तिम खेलमा प्रतिद्वन्द्वी पाएको थियो स्वयम्भू क्लबलाई। यदि सी डिभिजनबाट बढुवा हुनु छ भने उसलाई जितको आवश्यकता थियो। बढुवाको प्रतिस्पर्धा निकै पेचिलो पनि थियो। अघि बढ्दै जाँदा समीकरण कस्तो बन्यो भने एक खेल बाँकी रहँदा आरसी ३२ र प्लानिङ बोइजको बराबरी भयो।

triton college

अन्तिम खेलसम्म नै बढुवाका लागि आरसी ३२ र प्लानिङ बोइज प्रतिस्पर्धामा रहे। एक खेल बाँकी रहँदा दुवै टिम समान २८–२८ अंक बनाएर समूहको दोस्रो र तेस्रो स्थानमा थिए। अब अन्तिम खेलमा आरसीले जित निकाले प्लानिङलाई बढुवा हुन गाह्रो हुने थियो।

फाइनल खेलमा कस्तो नतिजा आउला? चासो सबैलाई थियो। यी दुई टिमको अन्तिम खेल एकै समयमा राखियो। सातदोबाटोस्थित एन्फा कम्पलेक्समा प्लानिङ बोइजले जोडबलले खेल्यो र स्वयम्भू क्लबलाई ५–० गोलअन्तरले हरायो। यता दशरथ रंगशालामा आरसी–३२ ले भने बराबरी खेल्यो।

त्यहि जित त प्लानिङलाई बी डिभिजनमा चढाउनका पर्याप्त रह्यो। र, उसले ३१ अंक बनाएर बी डिभिजनको यात्रा पक्का गरेको हो। ‘त्यसो त लिग सुरु भएदेखिकै हरेक खेलमा हामीलाई दबाब नै थियो। तर पनि अन्तिम खेलमा सबैभन्दा धेरै दबाब रह्यो,’ लिगपछि टिमका मुख्य प्रशिक्षक सचिन्द्र धिमालले भने।

सी डिभिजन छोडेर बी डिभिजनमा उक्लिएसँगै लामो समयको प्रतीक्षा समाप्त भएको क्लबका अध्यक्ष दावा लामाको तर्क छ। दावालाई लाग्छ ठूलो लगानीसँगै अथक मेहनतले सार्थकता पाएको छ। हो, प्लानिङ बोइजले सी डिभिजन खेल्न थालेकै दशकभन्दा धेरै भइसकेको छ। उसले २०६६ सालबाट सी डिभिजनमा पाइला राखेको हो। त्यसपछि हरेक सिजन सी डिजिभन खेलिरहेको छ।

National life insurance
फाइनल खेलमा कस्तो नतिजा आउला? चासो सबैलाई थियो। यी दुई टिमको अन्तिम खेल एकै समयमा राखियो। सातदोबाटोस्थित एन्फा कम्पलेक्समा प्लानिङ बोइजले जोडबलले खेल्यो र स्वयम्भू क्लबलाई ५–० गोलअन्तरले हरायो। यता दशरथ रंगशालामा आरसी–३२ ले भने बराबरी खेल्यो।

तर उतिबेला क्लब दार्ता गर्ने चलन थिएन। सन् २०१२ मा एन्फाले क्लब दार्ता गर्नुपर्छ भनेपछि प्लानिङ बोइज सरकारी निकायमा दर्ता भएको हो। ‘हाम्रो दर्ता सन् २०१२ मा भयो। सबैको सहयोगले १२ वर्षपछि हामी बी डिभिजनमा प्रवेश गरेका छौं। समग्र समर्थक खुुसी छन्। प्लानिङ बोइजलाई माया गर्ने सबैको साथ पाएर हामीले उपाधि जितेको हो,’ लिग सकिएपछि अध्यक्ष लामाले भनेका छन्।

अहिले ए डिभिजन र बी डिभिजनमा मात्र होइन। सी डिभिजनमा पनि धेरै खर्च हुन थालिसकेको छ। सुरुसुरुमा लिग खेल्नका लागि धेरै खर्च गर्नु पर्दैनथ्यो। तर अहिले अवस्था फरक हुँदैछ। खेलाडी पनि व्यावसायिकतातर्फ उन्मुख हुँदैछन्। त्यसैले क्लबको खर्च बढेको छ। उनी भन्छन्, ‘खर्च त धेरै हुन्छ नि। यो वर्ष पनि चालिस–पचास लाख खर्च गरिसकेका छौं। सुरुदेखि हिसाब गर्ने हो भने त हामीले दुई करोडभन्दा धेरै खर्च गरिसकेका छौं।’

सी डिभिजनमा के कुरा सही हो भने प्लानिङ बोइज मात्र एउटा यस्तो टिम हो, जो अपराजित रह्यो। अपराजित रहन प्रशिक्षक सचिन्द्रले जहिल्यै खेलाडीलाई प्रोत्साहन गरिरहे। उनले सबै खेलमा खेलाडीलाई भनेका थिए, ‘हामीले सबै खेललाई च्यालेन्जका रुपमा लिनुपर्छ। यो प्रतिस्पर्धा हो, एउटा टिमले जित्छ नै जित्छ। त्यो जित हामीले निकाल्नु पर्छ।’ प्रशिक्षक यसरी खेलाडीलाई मोटिभेसन दिइरहेका हुन्थे।

उनलाई सधैं लाग्थ्यो जित निस्कन्छ। ‘सबै खेलमा अपराजित रहनका लागि मैले मेरो विपक्षीका खेलाडीलाई पनि वाच गरेको थिएँ। त्यहि अनुसार आफ्नो टिमलाई सहयोग गर्न पाएँ। लिगमा खेलबीच दुई दिनको समय हुन्थ्यो। त्यसमा मैले तयारी गर्न पाउँथेँ,’ प्रशिक्षक धिमालले भने।

अहिले ए डिभिजन र बी डिभिजनमा मात्र होइन। सी डिभिजनमा पनि धेरै खर्च हुन थालिसकेको छ। सुरुसुरुमा लिग खेल्नका लागि धेरै खर्च गर्नु पर्दैनथ्यो। तर अहिले अवस्था फरक हुँदैछ।

त्यसो त सी डिभिजन लिगमा योभन्दा अघि पनि प्लानिङ बोइजको स्थान राम्रै हुथ्यो। शीर्ष चारको आसपासमै रहन्थ्यो क्लब। तर उसलाई केहि धेरै गर्नु थियो। त्यसैले क्लबले यो वर्ष केहि थप प्रयास गर्यो। ‘हरेक प्रदेशबाट छनोट गरेर ल्याएका खेलाडी हुन् यी। सँगै डि क्लालिफायर खेल्दाका खेलाडी पनि यहाँ छन्,’ अध्यक्ष लामाले भने, ‘मैले देखेको सबैभन्दा राम्रो खेलाडी फागुराम थारु नै हो जस्तो लाग्छ। लिग सुरु हुनुभन्दा अघि मैले क्लबलाई बी डिभिजनमा लैजानुपर्छ भन्ने लागेको हो।’

प्लानिङ बोइज टिमका मुख्य प्रशिक्षक सचिन्द्र धिमाल
चुनौति लिनैपर्छ भन्ने क्लबलाई लाग्यो र लिग सुरु हुनुभन्दा तीन महिना अघि नै क्लबले खेलाडीलाई झापामा लगेर क्याम्प राख्यो। त्यसमा क्याम्पकै दौरान त्यो टिमले सुनसरीमा आयोजना हुने भरोल गोल्डकप खेलेको थियो।

‘हामीले झापाको धुलाबारीमा अभ्यास गरेको हो। त्यहाँ पनि हामीले एक गोल्डकप खेल्यौँ र दोस्रो भयौँ। पछि सुनसरीमा हामीले भरोल गोल्डकप खेल्यौँ। त्यो धेरै पुरानो गोल्डकप हो। हामी यहाँसम्म आउनका लागि धेरै लगानी छ भनौँ,’ अध्यक्ष लामाले भने।

लामो समयको मेहनत साकार भएपछि प्रशिक्षक धिमाल पनि दंग छन्। लिगको यात्रा सोचेअनुरुपकै भएको उनी बताउँछन्। ‘काठमाडौंकै टिम भए पनि हामीले झापामा बसेर तयारी गरेको हो। त्यसक्रममा गोल्डकपको उपाधि जितेकोले हामीलाई शक्ति, उर्जा र कन्फिडेन्स प्राप्त भयो,’ धिमालले भने।

अन्तिम खेलसम्म नै बढुवाका लागि आरसी ३२ र प्लानिङ बोइज प्रतिस्पर्धामा रहे। एक खेल बाँकी रहँदा दुवै टिम समान २८–२८ अंक बनाएर समूहको दोस्रो र तेस्रो स्थानमा थिए। अब अन्तिम खेलमा आरसीले जित निकाले प्लानिङलाई बढुवा हुन गाह्रो हुने थियो।

क्लबले कन्फिडेन्स साथमा लिएर लिग खेल्यो। तर लिगको एउटा विषेशता के हुन्छ भने यो तुलनात्मक रुपमा लामो समयसम्म चल्छ। त्यो कन्फिडेन्स लामो समयसम्म साथमा लिएर लिग खेल्न सजिलो पनि थिएन।

तर, टिमको तयारी दुई महिनाको थियो। त्यसले टिम सेटअप बिग्रिएन। ‘हामीले प्रतियोगिताको तयारी डेढ महिना गर्यौँ। गोल्डकपमा खेलाडी टेस्ट गरियो, सी डिभिजन लिगको लागि त्यति तयारी भयो भने पुग्छ पनि। कति क्लबले त्यति तयारी पनि गरेका थिएनन्,’ धिमालले लिगपछि आफ्नो टिमलाई अरुसँग जोखेका छन्।

क्लबले यो वर्ष पनि धेरै नयाँ खेलाडी ट्राइ गरेको हो। केहि खेलाडी चाहिँ पहिलेदेखि नै सम्पर्कमै थिए। ‘पहिलेदेखिकै सम्पर्कमा भएका खेलाडी हुन्। हाम्रो अध्यक्ष (दावा लामा)ज्यूको तयारी एक वर्षदेखि अघिको हो। उहाँले धेरै तयारी गरेकाले खेलाडीमा समस्या भएन,’ उनले भने। खेलका क्रममा कमी कमजोरी भएका थिए त्यसलाई खेल्दै जाने क्रममा पूरा गरेको प्रशिक्षक धिमाल बताउँछन्।‘राम्रो र बलियो टिम बनेको नै अभ्यासबाट हो। झापाबाट हामी यहाँ आए पनि त्यहाँ हामीले क्याम्प मात्र राखेको हो। प्लानिङ बोइज क्लब यहिँ काठमाडौंको नै हो,’ प्रशिक्षक धिमालले भने, ‘यहाँ मैदानको अभाव भएका कारण हामीले अभ्यास गर्न सकेको थिएन। त्यसैले मैदान खोज्दै जाने क्रममा हामी अभ्यास गर्नका लागि झापा पुगेको हो।’

खासमा टिममा पनि धेरैजसो पूर्वका खेलाडी थिए। त्यसैले क्लबले झापामै क्याम्पको आयोजना गर्यो। चार–पाँच जना सुदूरपश्चिमका खेलाडी पनि छन्। धेरै भन्दा धेरै पूर्वका खेलाडी र केहि भ्यालीका खेलाडी छन्। क्लबमा धेरै तिरका खेलाडी मिसमास छन्।’

टिमको तयारी दुई महिनाको थियो। त्यसले टिम सेटअप बिग्रिएन। ‘हामीले प्रतियोगिताको तयारी डेढ महिना गर्यौँ। गोल्डकपमा खेलाडी टेस्ट गरियो, सी डिभिजन लिगको लागि त्यति तयारी भयो भने पुग्छ पनि। कति क्लबले त्यति तयारी पनि गरेका थिएनन्,’ धिमालले लिगपछि आफ्नो टिमलाई अरुसँग जोखेका छन्।

क्लब काठमाडौंको भए पनि अब राजधानीमा खेलाडी पाउन मुस्किल भएको धेरै क्लब बताउँछन्। त्यो त हुँदै हो तर राजधानीमा क्लबको संख्या पनि धेरै छ। र, सबै क्लबमा भ्यालीका खेलाडी हुने गर्छन्। त्यसैले पनि बाहिरका खेलाडी खोज्न भ्यालीका क्लबलाई कर लाग्छ।

क्लबका सबै काममा प्रशिक्षक सचिन्द्रले कुशल भूमिका निर्वाह गरे। सचिन्द्रले बी लाइसेन्स लिएका छन्। तर उनले ए लाइसेन्सको कोर्स पनि गरिसकेको बताउँछन्। भन्छन्, ‘मैले ए लाइसेन्सको पनि कोर्सचाहिँ गरेको छु। रिजल्ट आइनसके पनि त्यसको ज्ञान मसँग छ। त्यो लाइसेन्स कोर्स पढ्दा पाएको ज्ञानलाई मैले प्रयोग गरिरहेको छु।’

सचिन्द्रले सन् २०१७ मा नै बी लाइसेन्स सकेका हुन्। त्यसअघि सी लाइसेन्स सकेबाटै उनी फुटबलको प्रशिक्षणमा छन्। भारतको धेरै क्लबमा गएर प्रशिक्षण गराएको बताउँछन्। भन्छन्, ‘मैले भारतको धेरै ठाउँमा गएर पनि प्रशिक्षण गराएको छु। भारतको सिलिगुडी र दार्जिलिङको धेरै क्लबमा मैले अभ्यास गराएको हो। त्यहाँको स्थानीय टिमहरु जसले सुपर डिभिजनको लिगहरु पनि खेलेको छ। मैले त्यहाँ अभ्यास गराएको हो। त्यहाँ पनि अन्तर्राष्ट्रिय क्लब प्रतियोगिता भइरहेको हुन्छ।’

भारतबाट फर्किसकेपछि सचिन्द्रले नेपालमा जिल्लाको टिम र विकट ठाउँको क्लबलाई प्रशिक्षण दिएका छन्। यसअघि नै उनले झापा एफसी टिमको प्रशिक्षण सम्हालेका थिए। त्यो चाहिँ सी डिभिजन छनोटमा थियो। उनले त्यतिबेला सम्हालेको टिम अहिले नेपाल सुपर लिग खेल्नेतर्फ लागेको छ।

सी डिभिजन लिग सुरु हुने भएपछि चाहिँ उनी क्लबसँग अनुबन्ध भएर काम गरिरहेका छन्। ‘यो नतिजाबाट क्लब धेरै खुसी छ। क्लबका पदाधिकारी सबै अएका छन्। हामीले आज जित निकालेपछि उत्सव मनाएका छौं। तर आज स्पेसल डे हो,’ उनले भने।

उनी क्लबलाई बढुवा गराउन पाँदा खुसी देखिन्छन्। ‘हाम्रो इच्छा भनेको उपाधि नै थियो। यहाँ सहभागी सबै क्लबले उपाधि जित्नेबारे सायद सोचेका थिए होलान्। हामीले पनि त्यो बारेमा सोचेका थियौँ। उपाधि हात नलागे पनि बढुवा हुनु नै ठूलो कुरा हो,’ उनले भने।

तर अब बढुवा भएपछि क्लबको दायित्व पनि बढेको छ। अब उसले नेपाली फुटबलमा थप प्रभाव पार्ने कामहरु गर्न सक्नुपर्छ। ‘अब बी डिभिजनमा उक्लिएपछि दायित्व बढेको छ। अहिले त खेलमा व्यावसायिकरण पनि बढेको छ। अब हामीले खेलाडीसँग क्लबलाई पनि व्यावसायिकरण गर्नु जरुरी हुन्छ,’ क्लबका अध्यक्ष दावाले भने, ‘मेरो लक्ष्य चाहिँ टिमलाई ए डिभिजनमा लैजाने हो। अहिले हामीलाई क्षमादेवीले स्पोन्सर गरिरहेको छ। थप स्पोन्सर खोज्छौं। हामी व्यावसायिकरणमा नै लाग्छौं।’

प्रकाशित: Jun 07, 2022| 15:18 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।