शुक्रबार, जेठ १, २०८३

५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थय सेवा विभागका अनुसार पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई खोप लगाइनेछ भने दोस्रो चरणमा बाँकी ५० जिल्लामा खोप अभियान सञ्चालन गरिँदैछ।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं- सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई असार ९ गतेदेखि कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ। उक्त उमेर समूहका बालबालिकाहरुलाई कोभ्याक्स सुविधा मार्फत प्राप्त हुने फाइजर पेडियाट्रिक डोज दिन लागिएको हो।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थय सेवा विभागका अनुसार पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई खोप लगाइनेछ भने दोस्रो चरणमा बाँकी ५० जिल्लामा खोप अभियान सञ्चालन गरिँदैछ। 

पहिलो चरणका २७ जिल्लालाई असार ९ देखि १५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने र उनीहरुलाई  साउन २ देखी ८ गतेसम्म दोस्रो चरणमा दिने तयारी गरिएको छ। त्यस्तै बाँकी जिल्लाहरुमा त्यसपछि मात्रै दिने तयारी छ। 

पहिलो चरणमा खोप दिइने २७ जिल्लाहरु

प्रदेश नं १ बाट : झापा, मोरङ, सुनसरी

मधेश प्रदेशबाट : सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी

बागमती प्रदेशबाट : काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक र सिन्धुली

लुम्बिनी प्रदेशबाट : पश्चिम नवलपरासी, पुर्व नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया

गण्डकी प्रदेशबाट : कास्की, बागलुङ

कर्णाली प्रदेशबाट : सुर्खेत

सुदूरपश्चिम प्रदेशबाट : कैलाली, कञ्चनपुर र डडेल्धुरा

प्रकाशित: Jun 07, 2022| 09:35 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्