बिहीबार, असार ४, २०८३

आजबाट काठमाडौंको फोहोर उठाइने

शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलको रोहबरमा मन्त्रालय, महानगर र प्रभावित क्षेत्रका धुनीबेसी नगरपालिका र ककनी गाउँपालिकाबीच सहमति भएको हो।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं- उपत्यकाको फोहोर व्यवस्थापनका लागि शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीय तहबीच त्रिपक्षीय सहमति भएको छ।

National life

शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलको रोहबरमा मन्त्रालय, महानगर र प्रभावित क्षेत्रका धुनीबेसी नगरपालिका र ककनी गाउँपालिकाबीच सहमति भएको हो।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाहोर व्यवस्थापनका लागि सोमबार तीनै पक्षले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन्।

सहमति अनुसार शहरी विकास मन्त्रालयले  बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रमा आगामी आर्थिक वर्षमा विभिन्न पाँच वटा सडकका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि १ करोड ७० लाख बजेट विनियोजन गर्नेछ। 

यस्तै, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा जग्गा अधिग्रहणगर्नुपर्ने जग्गा यकिन गरी अधिग्रहण प्रक्रिया सुरु गर्ने जनाएको छ। साथै प्रभावित क्षेत्रका बासिन्दाका लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्नेछ।

Shivam cement

यसैगरी, काठमाडौं महानगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बीमा गर्ने, पूर्वाधार विकासका लागि अनुदानलाई निरन्तरता दिने, १० दिनभित्र रासायनिक वा जैविक उपचार गरी दुर्गन्ध हटाउने, फोहोरलाई माटोले छोप्नेलगायतका व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ। 

यसैगरी महानगरले साउन १ गतेदेखि फोहोरलाई स्रोतमै छुट्याएर लैजाने व्यवस्था गर्नेछ भने ६ महिनाभित्र सिसडोलको 'पोस्ट क्लोजर' को प्रकृया सुरु गर्ने छ।

यसैगरी प्रभावित क्षेत्रको तर्फबाट ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाले जेठ २४ गतेदेखि नै उपत्यकाको फोहोर बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइटमा उपयुक्त विधि अनुसार विसर्जन गर्न सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रकाशित: Jun 07, 2022| 08:17 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।