काठमाडौँ- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वर्तमान सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर्न दबाव दिएको छ ।
राजपा अध्यक्ष मण्डलका सदस्यले आइतबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी संविधान संशोधन, आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्तालगायतका विषयमा ध्यानाकर्षण गराएको राजपाका महासचिव केशव झाले जानकारी दिए ।
सहमति कार्यान्व्यन नभए आफूहरु चुप लागेर नबस्ने समेत राजपाका नेतहरुले चेतावनी दिएको स्रोतले जनाएको छ । माग सम्बोधन नभए समर्थन फिर्ता लिदै पुनः आन्दोलनमा जान बाध्य हुने उनीहरुको चेतावनी थियो ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीले राजपाले राखेका माग सकारात्मक भए पनि कतिपय राजनीतिक विषयलाई राजनीतिकरुपमा समाधान गर्नुपर्ने बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनले संविधा संसोधन लगायतका विषयमा छलफल गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४