बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनप्रतिनिधिले अनियमितता गरेको भन्दै उजुरी परेपछि उच्चस्तरीय छानबिन समिति गठन

जनप्रतिनिधिले अनियमितता गरेको भन्दै उजुरी परेपछि उच्चस्तरीय छानबिन समिति गठन

विकासका योजना तथा कार्यक्रममा अनियमितता भएको जनाउँदै स्थानीयवासीले दिएको उजुरीमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अघिल्लो कार्यकालका जनप्रतिनिधिले सञ्चालन गरेका विकासका योजना तथा कार्यक्रममा अनियमितता भएको जनाउँदै स्थानीयवासीले दिएको उजुरीमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ। 

National life

नगर कार्यपालिकाको सोमबार बसेको पहिलो बैठकले विसं २०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे अवधिमा सञ्चालन भएका केही योजना तथा कार्यक्रमका विषयमा अनियमितता भएको जनगुनासो तथा उजुरी परेपछि नगर उपप्रमुख विशन राईको संयोजकत्वमा नौ सदस्यीय छानविन समिति गठन गरिएको हो।

समितिको सदस्यमा राम कटुवाल, महेन्द्र राई, मणि राई, यादवसेन राई, सरोज राई (इञ्जीनियर), युवराज श्रेष्ठ (चार्टर्ड एकाउन्टेण्ट), कृष्ण बुढाथोकी र सदस्यसचिवमा शिक्षा शाखा प्रमुख तीर्थबहादुर विश्वकर्मालाई राखिएको छ।

भ्रष्टाचारमुक्त, सुशासनयुक्त समृद्ध नगर बनाउन आ–आफ्नो ठाउँबाट सङ्कल्प गर्ने निर्णय गरेको नगरपालिकाले अघिल्लो कार्यकालमा सञ्चालित योजना तथा कार्यक्रममा भएका अनियमिततामाथि छानविन गरेर दोषी ठहरिए कानुनी कारबाही गर्ने निर्णय गरेको हो।     -रासस

प्रकाशित: Jun 07, 2022| 07:44 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।