मंगलबार, चैत १७, २०८२

प्रदेश १ को बजेट ३५ अर्ब हाराहारी हुने

आगामी आर्थिक वर्षको बजेट ३५ अर्ब हाराहारीमा हुने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले बताए।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

विराटनगर- प्रदेश १ सरकारले आगामी असार १ गते  आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभामा पेश गर्दैछ। बुधबार प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गरिदैछ।

National life

आगामी आर्थिक वर्षको बजेट  ३५ अर्ब हाराहारीमा हुने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले बताए। उनका अनुसार चालु वर्षका लागि प्रदेश सरकारले ३२ वर्ष ४६ करोड ९२ लाखको बजेट ल्याएको थियो। 

मन्त्रालय श्रोतका अनुसार संघीय सरकारले दिने १९ अर्ब ९ करोड ९१ लाख, प्राकृतिक स्रोत वित्त आयोगबाट बाँडफाँड हुने राजस्वको स्रोत अनुमानित १० अर्ब र आन्तरिक राजस्वको स्रोतबाट ४ देखि ६ अर्बको बीचमा हुने अनुमान गरिएको छ।

प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित १३ वटै मन्त्रालयलाई बजेटको सिलिङ पठाएर बजेट निर्माण पनि सुरु गरिसकेको छ। प्रदेश १ सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएर बजेट निर्माणको तयारी गरिरहेको जनाएको छ। यसअघि नै सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता संसदमा पेश गरिसकेको छ। 

सरकारले आगामी बजेटमा उत्पादनमा आधारित अनुदानमा बजेट केन्द्रित गर्ने भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले आगामी आर्थिक वर्षको बजेटमा बजेट बाहिरको खर्च निरुत्साहित गरिएको बताएका छन्।

kumari

आगामी आर्थिक वर्षको वजेट सापेक्षिक रुपमा राम्रो बनाउन खोजिएको बताएका छन्। प्रदेश सचिवहरुको नेतृत्वमा कार्यदल बनाएर प्रदेश सरकारको आन्तरिक आय वृद्धिका लागि काम भईरहेको बताए।

प्रकाशित: Jun 07, 2022| 07:17 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।