आइतबार, वैशाख १६, २०८१

किन बिर्सियो कांग्रेसले नीति महाधिवेशन?

महाधिवेशन अन्तर्गत भएको नेतृत्व चयनको परिणाम सार्वजनिक भएलगत्तै कांग्रेसका महामन्त्रीमा चुनिएका युवानेताद्वय गगन थापा र विश्वप्रकाश शर्माले नीति महाधिवेशनलाई आफूहरूले प्राथमिकतामा राख्ने बताएपनि यो विषय कांग्रेसमा गौण बनेको हो।
 |  मंगलबार, जेठ २४, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, जेठ २४, २०७९

काठमाडौं- नेपाली कांग्रेसले १४औं महाधिवेशनमा नीतिलाई थाती राखेर नेतृत्व मात्र चयन गर्‍यो। नेतृत्व चयन गर्न भएको महाधिवेशन सकिएको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने निर्णय गराएर नेतृत्व चयनमा होमिएको कांग्रेसमा उक्त समयसीमा गुज्रिसक्दा पनि नीति महाधिवेशनको एजेन्डाले पार्टीका कुनै पनि निकाय/तहमा प्रवेश पाएको छैन। नीति महाधिवेशनका विषयमा कांग्रेसका नेताहरू मौनप्राय: छन्। 

triton college

यसअघि नीति र नेतृत्व एकसाथ चयन हुने गरेको भएपनि २०७८ मंसिर २४-२६ को १४औं महाधिवेशनले नेतृत्व मात्रै छानेको थियो। १४औं महाधिवेशनलाई नेतृत्व चयनमा मात्र केन्द्रित गर्ने निर्णय २०७८ कात्तिक २९ गतेको केन्द्रीय समिति बैठकले गरेको थियो। त्यसयता नीति महाधिवेशनको कुराले पार्टीका तहमा प्रवेश नपाएको हो। महाधिवेशन अन्तर्गत भएको नेतृत्व चयनको परिणाम सार्वजनिक भएलगत्तै कांग्रेसका महामन्त्रीमा चुनिएका युवानेताद्वय गगन थापा र विश्वप्रकाश शर्माले नीति महाधिवेशनलाई आफूहरूले प्राथमिकतामा राख्ने बताएपनि यो विषय कांग्रेसमा गौण बनेको हो। 

राष्ट्रिय महाधिवेशनलगत्तै राष्ट्रियसभाको निर्वाचन, विवादका कारण हुन नसकेका जिल्ला र प्रदेशका अधिवेशन र स्थानीय तहको निर्वाचनमा होमिएको कांग्रेसले नीति महाधिवेशनबारे छलफल गर्न समय पाएको छैन। स्थानीय तहको निर्वाचनसमेत सकिइसकेकाले कांग्रेसले अब नीति महाधिवेशनका विषयलाई छलफलमा उठाउने कांग्रेसका केही नेताहरूको तयारी छ। 

महामन्त्री विश्वप्रकाश शर्माका अनुसार पार्टीका आगामी बैठकमा नीति महाधिवेशनबारे छलफल हुनेछ। तर स्थानीय तहको निर्वाचन सकिएलगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चाले कांग्रेसको नीति महाधिवेशनलाई छायामा पारिदिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि नीति महाधिवेशन हुनेमा आशंका भने कायमै छ।

'पहिला नीतिचाहिँ साझा रुपले बन्थ्यो, अनि आएको नेतृत्वले त्यो बोकेर जाने भयो। त्यसैले हामीले नेतृत्वले नीति महाधिवेशन गरेर टुंगो लगाउनुपर्छ भन्यौं,' महामन्त्री शर्मा भन्छन्, 'गोलमोटल रुपमा नीति पनि पास गरियो, कार्यक्रम पनि पास गरियो भनेर झारा टार्नुभन्दा बरु अलिकति समय लिएर पर्याप्त बहस गर्नु राम्रो हुन्छ भनेर छुट्याइएको थियो। तर, त्यसलगत्तै निर्वाचनमा केन्द्रित हुनु परेकोले हामीले नीति अधिवेशन गर्न नपाएका हौँ। अब हामी नीति महाधिवेशन लगायतका एजेन्डामा छलफल गर्छौं।'

corrent noodles
Metro Mart

प्रकाशित: Jun 07, 2022| 11:30 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...