आइतबार, भदौ २३, २०८१

nespernesper

अनि फोहोर व्यवस्थापनमा जुटे वडाध्यक्ष रिजाल

महर्जनलाई आश्वस्त तुल्याउँदै उनले थपे, ‘तीन फिट पुर्छ भाइ, मेरो जिम्मा भयो। विश्वास गर्नुस् न गन्ध आउँदैन क्या!’
 |  सोमबार, जेठ २३, २०७९

सृजना राई

सृजना राई

सोमबार, जेठ २३, २०७९

काठमाडौं- सोमबार दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर १६ को फोहोर अल्पकालीन रूपमा वडामै व्यवस्थापन गर्न थालिएको समाचार आयो। फोहोर उठाउने वातावरण मिलाउन काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहको फोहोर अल्पकालीन रूपमा वडामै व्यवस्थापन गर्न थालिएको समाचार आयो।

triton college

फोहोर उठाउने वातावरण मिलाउन काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहको दौडधुपले सोमबार साँझ मूर्तरुप पायो र मंगलबारदेखि फोहोर उठाइने भएको छ। वडाध्यक्ष मुकुन्द रिजाल वडामै फोहोर व्यवस्थापन गर्न आफैँ खटिए। उनले वडा कार्यालयमै फोहोर व्यवस्थापन गर्ने भनेपछि हामी फोहोर व्यवस्थापन गर्ने भनिएको स्थानमा पुगेका थियौँ। 

माछापोखरी बसपार्कको पहेँलो पुलमुनि पहेँलो एक्साभेटर चलिरहेको थियो। पुलमुनि ट्रकका ट्रक आएका फोहोरलाई खाल्डोमा हाल्ने काम भइरहेको थियो। फोहोर पुर्ने क्रम जारी रहँदा पुल नजिकैको बुद्ध मलका सञ्चालक सत्य महर्जन आइपुगे। आइपुग्ने बित्तिकै भुइँमा खसेको उनको पहिलो वचन थियो– के गर्‍या, गन्हाउँछ दाइ! 

पुलछेउमै उभिएका काठमाडौं–१६ का वडाध्यक्ष मुकुन्द रिजालले जवाफ फर्काए, ‘गन्हाउँदैन भाइ।’

महर्जनलाई आश्वस्त तुल्याउँदै उनले थपे, ‘तीन फिट पुर्छ भाइ, मेरो जिम्मा भयो। विश्वास गर्नुस् न गन्ध आउँदैन क्या!’

Metro Mart
vianet

पुलछेउका पसल र घरधनी घरि–घरि पुलमा आउँथे र रिजालसँग आशंका पोखिरन्थे, ‘सबै ठाँउमा फोहोर नउठाउँदा गन्हाउने समस्या हो। यहाँ ल्याएर यसरी थुर्पादा पनि गन्हाउने होला? समस्या त 'ज्युँका त्युँ' भएन र दाई?’ रिजालको जवाफ हुन्थ्यो, ‘गन्हाउँदैन। त्यसैले त म नै यहाँ आएर यसरी काममा खटिएको छु। औषधि पनि हालेको छु। बाटो बनाउने हो यहाँ।’ 

काठमाडौं उपत्यकामा फोहोर संलकन र विसर्जन ठप्प भएको एक साता बितिसिकेपछि वडाध्यक्ष आफैं खटिएका हुन्। फोहोर नउठ्दा दुर्गन्ध फैलिएपछि ६ वटा ट्रक लिएर फोहोर संकलन र व्यवस्थापनमा जुटेका थिए, रिजाल। महानगरको वातावरण व्यवस्थापन विभागको सहयोगमा वडाले फोहोर संकलन गर्‍यो र फोहोर पुर्ने ठाँउको खोजी हुँदा बसपार्कको पुल पहिलो रोजाइमा परेको थियो। 

‘यहाँ दिसापिसाब गर्न मनाही छ। अटेर गरेमा ५०० देखि हजार रुपैयाँ जरिवाना हुनेछ,’ यही सन्देश पेन्ट गरिएको पुलमुनि डोजरले फोहोर हाल्दै पेल्दै गर्‍यो। रिजालको योजनाअनुसार सबै फोहोरलाई खाल्डो खन्ने, पुर्ने अनि बाटो बनाउने थियो। फोहोरलाई छुट्टाउने काम भने भएको थिएन। 

आफ्नो योजना स्पष्ट पार्न रिजाल भन्दै थिए, ‘माटो र फोहोरको मिश्रणमा बाटो बनाउँदै छौं। विष्णुमति करिडोर यसरी नै बनाएका हौं। यो हाम्रो खेती गर्न ठाँउ हैन, बाटो बनाउँदा असर पर्दैन।’

संकलनमा जुटेका उनले यसलाई अल्पकालीन उपाय मात्र भएको बताउँछन्। ‘अल्पकालीन व्यवस्थापनका लागि फोहोर संकलन गरेको हुँ। दीर्घकालीन व्यवस्थापनका लागि मेयर लागि पर्नु भएको छ।’

000

फोहोर संकलन गर्नेपुर्ने आइडिया उनलाई आइतबार मात्रै आएको हो रे! २६ नम्बरका वडाअध्यक्ष ख्याम तिवारीको विवाहका लागि दुई दिनअघि झापा पुगेका उनले उतै जाँदा फोहोर व्यवस्थापनको आइडिया फुराएका रे! दुई दिन झापा, इलाम घुमेर फर्कँदा एअरपोर्टमै उनको मन कुडिँयो। 

‘एअरपोर्टदेखि नै मेरो मन कुडिँयो। काठमाडौंमा पाइला टेक्दै गर्दा थुपारिएको फोहोर देखेपछि हाम्रो अन्तर्राष्ट्रिय रुपमै बइेज्जत भए जस्तो लाग्यो। मेरो मुटु दुख्यो। रातभर सोचेँ। अनि बिहानबाट फोहोर उठाने योजना बनाएँ,’ फोहोर व्यवस्थापनमा खटिइरहेका वडाध्यक्ष रिजालले भने। 

प्रकाशित: Jun 06, 2022| 22:21 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।