नवलपरासी- नवलपरासी पश्चिम जिल्ला अदालत परिसरमा गोली चलेको छ। सोमबार दिउँसो जिल्ला अदालत परिसरमा एक व्यक्तिले गोली चलाएर फरार भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराज कँडेलका अनुसार मुद्दाका लागि छलफलमा बोलाएका व्यक्तिले गोली प्रहार गरी फरार भएका छन्।
सरावल गाउँपालिका-४ मंगलापुर बस्ने ३० वर्षीया रोशनी यादव र ३० वर्षीय हंशराज यादवबीच जग्गा विवादमा अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो।
गोली कसैलाई नलागेको कँडेलले जानकारी दिए। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।