शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सातामा दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हट्यो सरकार

सातामा दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हट्यो सरकार

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो।

उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुनेछ। गत वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो र उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो। 

हप्तामा दुई दिन बिदा दिने निर्णयविरुद्ध सोमबार नै सर्वोच्च अदालतमा रिट पनि परेको छ। अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आवश्यक तयारीबिनै हप्तामा दुई दिन बिदा दिने निर्णय गरेकाले उक्त निर्णय रोक्न माग गर्दै रिट दायर गरेका हुन्।


प्रकाशित: Jun 06, 2022| 19:01 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।