शनिबार, मंसिर ६, २०८२

जापानमाथि ब्राजिलको संघर्षपूर्ण जित

जापानमा भर्खरै सम्पन्न एक मैत्रीपूर्ण खेलमा ब्राजिलले घरेलु टिमविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। जापानको राष्ट्रिय रंगशालामा ब्राजिलले घरेलु टिमविरुद्ध १–० को जित निकालेको हो।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं – जापानमा भर्खरै सम्पन्न एक मैत्रीपूर्ण खेलमा ब्राजिलले घरेलु टिमविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। जापानको राष्ट्रिय रंगशालामा ब्राजिलले घरेलु टिमविरुद्ध १–० को जित निकालेको हो।

National life

६५ हजारभन्दा धेरै समर्थक उपस्थित भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपछि दोस्रो हाफमा ब्राजिलले गोल गरेको हो। खेलको ७७ औं मिनेटमा ब्राजिले पेनाल्टीको अवसर पाएका थियो।

पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै नेयमारले गोल गरेका हुन्। खेलको ५३ प्रतिसत समय बलमा नियन्त्रण बनाउँदै जापानको पोस्टतर्फ २१ प्रहार गरे पनि ब्राजिलका बाँकी प्रयास सफल भएनन्।

यता जापाले पनि ब्राजिलविरुद्ध सात प्रहार गरेको थियो। तर उसले गोल गर्न भने सकेन। अब ब्राजिलले अर्को खेलमा निकट प्रतिद्वन्दी अर्जेन्टिनाको सामना गर्दैछ।

अष्ट्रेलियन मैदान मेलबर्न क्रिकेट रंगशालामा हुने यो खेल आउँदो शनिबार हुनेछ। यता ब्राजिल र अर्जेन्टिनाको विश्वकप छनोटको खेल भने अहिलेसम्म आयोजना हुन सकेको छैन।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 06, 2022| 18:46 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।