शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सातामा दुई दिन बिदा दिने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

सातामा दुई दिन बिदा दिने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

मन्त्रिपरिषदले आवश्यक विचार विमर्श नै नगरी सातामा दुई दिन सार्वजनिक बिदा दिएको रिटमा दाबी गर्दै उक्त निर्णय खारेज गर्न रिटमा माग गरिएको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- साातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले दुई दिन बिदा दिने सरकारको निर्णयविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

मन्त्रिपरिषदले आवश्यक विचार विमर्श नै नगरी सातामा दुई दिन सार्वजनिक बिदा दिएको रिटमा दाबी गर्दै उक्त निर्णय खारेज गर्न रिटमा माग गरिएको छ। 

वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। सरकारको उक्त निर्णय कार्यान्वयनमा आइसकेको छ। अहिले सातमा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिइएको छ। 

सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। 

स्थानीय सरकारहरूले पनि दुई दिने निर्णयविरुद्ध निर्णय गर्न थालिसकेका छन्। जनस्तरबाट पनि दुई दिने बिदाको विरोध भइरहेको छ। 

प्रकाशित: Jun 06, 2022| 18:15 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।