शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुनको 'पेस्ट' कपडामा लुकाएर तस्करी, चिनियाँ र भारतीयसहित ७ पक्राउ

सुनको 'पेस्ट' कपडामा लुकाएर तस्करी, चिनियाँ र भारतीयसहित ७ पक्राउ

शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल आएका उनीहरूलाई सुन तस्करीको आरोपमा पक्राउ गरिएको हो। उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेटबाहिरबाट पक्राउ परेका हुन्।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- अवैध रूपमा सुन लिएर नेपाला आएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ७ जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।

शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल आएका उनीहरूलाई सुन तस्करीको आरोपमा पक्राउ गरिएको हो। उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेटबाहिरबाट पक्राउ परेका हुन्।  

पक्राउ पर्नेमा गुल्मी घर भई रूपन्देहीको सैनामैना-१ बस्ने ४२ वर्षीय सुरेशबहादुर शाही र कपिलवस्तु बस्ने २९ वर्षीय सन्दीप चन्द ठकुरी छन्। उनीहरु सुरुमा नै पक्राउ परेका हुन्। उनीहरुबाट सुनको पेस्ट बरामद भएको थियो। प्रहरीका अनुसार उनीहरूले सर्ट, पाइन्ट र अन्डरवेयरमा सुनको पेस्ट लुकाएर नेपाल हुँदै भारत लैजान लागेका थिए। उनीहरूले लगाएका लुगा पगालेर सुन निकालिएको थियो। 

ठकुरीको साथबाट ५७२.१६० ग्राम र सुरेशबहादुर शाहीबाट ३९६.८९ ग्राम सुन फेला परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उक्त मात्राको सुन कपडाबाट पगालेर निकालेको हो। त्यसपछि थप पाँच जना पनि पक्राउ परेका हुन्। 

बारा जितपुर सिमरा-१६ घर भई काठमाडौं बौद्ध बस्ने निर्मला घलान, धनुषा बडेश्वर-४ घर भई बुढानीलकण्ठ बस्ने ४१ वर्षीय राहुल भन्ने बरूणभक्त माथेमा र चीनको तिब्बतका घर भई बौद्ध बस्ने २७ वर्षीय लोप्साङ ग्याल्सेन छन्। नवलपरासी पश्चिम सुनवाल-१० घर भई माछापोखरी बस्ने ४२ वर्षीय युवराज भुषाल र भारतको दिल्ली कृष्णनगर घर भई ललितपुरको बागडोल बस्ने ५१ वर्षीय अमन राजपुत पनि पक्राउ परेका हुन्। 

उनीहरूलाई सोमबार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरण काठमाडौं पठाएको छ।

प्रकाशित: Jun 06, 2022| 16:15 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।