बुधबार, वैशाख १६, २०८३

राष्ट्रिय फुटबल टिमको अभ्यास दर्शकले हेर्न पाउने

एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली टिमको अभ्यास सत्रमा दर्शकलाई प्रवेश दिइने भएको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं– एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली टिमको अभ्यास सत्रमा दर्शकलाई प्रवेश दिइने भएको छ।

National life

नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अहमादीस्थित अल शवाव स्टेडियममा हुने अभ्यासमा नेपाली दर्शकलाई आफ्नो देशको अभ्यास सत्र हेर्न दिने बताएका हुन्। 

त्यसो त खेलका क्रममा दर्शकलाई प्रवेश दिइने गरे पनि अभ्यासमा दर्शकलाई प्रवेश दिइँदैन। तर प्रशिक्षक अलमुताइरीले खेलाडीलाई हौसला दिन दर्शकलाई अनुमति दिने बताएका हुन्।

‘कुवेतमा रहेका नेपाली दर्शकलाई अभ्यासमा प्रवेश दिनेछौं। नेपाली दर्शकको उपस्थितिले खेलाडीमा हौसला वृद्धि हुनेछ,’ अब्दुल्लाहले भने, ‘नेपाली टिमले आज सोमबार साँझ ७ बजे अहमादीमै अभ्यास गर्नेछ।’ 

कतारको दोहामा केही दिनको अभ्यास र मैत्रीपूर्ण खेलपछि नेपाली टिम शनिबार कुवेतको राजधानी कुवेत सिटीमा पुगेको छ। टोलीमा २३ खेलाडी सहित नौ अफिसियल छन्। 

kumari

नेपालले कुवेतमा २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ।

प्रकाशित: Jun 06, 2022| 15:58 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।