आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फोहोर संकलनमा आफैं जुटे वडाध्यक्ष रिजाल, संकलित फोहोर वडा कार्यालयमै राखिने

फोहोर संकलनमा आफैं जुटे वडाध्यक्ष रिजाल, संकलित फोहोर वडा कार्यालयमै राखिने

काठमाडौं महानगरपालिकाबाट फोहोर व्यवस्थापनको काम हुन नसकेपछि वडा नम्बर १६ का वडाअध्यक्ष मुकुन्द रिजाल आफैं फोहोर संकलनमा जुटेका छन्।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट फोहोर व्यवस्थापनको काम हुन नसकेपछि वडा नम्बर १६ का वडाअध्यक्ष मुकुन्द रिजाल आफैं फोहोर संकलनमा जुटेका छन्। 

आज सोमबार दिउँसोदेखि वडाको फोहोर संकलनमा जुटेका वडाध्यक्ष रिजालले महानगरमा फोहोर संकलन र व्यवस्थापनको काम गर्दै आएको वातावरण व्यवस्थापन विभागको सहयोग भने लिएका छन्।

सोह्रखुट्टे चोकबाट सुरु गर्दै कालधारा र शाशा गेटमा रहेको फोहोर संकलन गरेको वडाले तीन गाडी फोहोर संकलन गरिसकेको छ। अन्य ५ गाडी फोहोर संकलन गर्ने वडाध्यक्ष रिजालले बताएका छन्।

अहिले अल्पकालीन व्यवस्थाका लागि फोहोर संकलन गरिएको उनको भनाइ छ। संकलन गरिएको फोहोर वडा कार्यालयमै राखिने र बञ्चरे डाँडामा भएको अवरोध हटेसँगै यहाँबाट लगिनेछ।

प्रकाशित: Jun 06, 2022| 14:36 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।