शनिबार, मंसिर ६, २०८२

एसियाली छनोटको तेस्रो खेलमा भुटानलाई नेपालले हरायो

मलेसियामा जारी आईसीसी यू–१९ महिला विश्वकप अन्तर्गत एसियाली छनोटको भर्खरै सम्पन्न खेलमा नेपालले भुटानलाई हराएको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं–  मलेसियामा जारी आईसीसी यू–१९ महिला विश्वकप अन्तर्गत एसियाली छनोटको भर्खरै सम्पन्न खेलमा नेपालले भुटानलाई हराएको छ। मलेसियामा आयोजित एसियाली छनोटमा यसअघि नै यूएईसँग लज्जास्पद हार बेहोरेको नेपालले मलेसियाविरुद्ध भने चार विकेटको जित निकालेको हो।

National life

टस जितेर पहिले ब्याटिङ गरेको भुटानले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर ६६ रन बनाएको थियो। यससँगै नेपालले ६७ रनको लक्ष्य पाएको हो। जवाफमा नेपालले १३ ओभर एक बल खेल्दै छ विकेट गुमाएर ६७ रन बनाएर जित निकाल्यो।

नेपालाई जित दिलाउन सन्जु राजवंशीले सबैभन्दा धेरै ३० रन बनाइन भने सना प्रविनले पनि १२ रनको योगदान दिइन्। त्यस्तै, शृष्टि जैसीले पनि ८ रनको योगदान दिइन्।

नेपालले ब्याटिङ गर्ने क्रममा भुटानकी सन्गय वांमोले तीन विकेट गिराइन भने अन्जली घले र सोनमले समान १–१ विकेट लिए।

त्यस्तै, पहिलो पारीमा भुटानकी ग्वांग छोदेन र वांग्मोले समान ११–११ रन बनाएका थिए। नेपालले अतिरक्त १० रन दिएको थियो। नेपालका लागि अनु कडायत, मनिष कुमारी उपाध्याय र कृतिका मरासिनीले समान २–२ विकेट लिएका थिए।

Laxmi sunrise bank
kumari

यसअघि सम्पन्न पहिलो खेलमा  नेपालले कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा यूएईविरुद्ध १० विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपाल यूएईसँग ८ रनमा अलआउट भएको थियो। त्यसपछि यूएईले सात बलमै नेपालले दिएको लक्ष्य पूरा गरेको हो।

प्रकाशित: Jun 06, 2022| 13:56 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।