बिहीबार, असार ३२, २०८३

विराटनगर बम विस्फोट प्रकरण : नौ जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरीः विराटनगरमा भएको बम विस्फट प्रकरणमा प्रहरीले नौ जना पक्राउ परेका छन्। घटनामा संलग्न भएको भन्दै प्रहरीले आइतबार बेलुकासम्म नौ जनालार्इ नियन्त्रणमा लिएको हो। 

उनीहरुमाथि अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले बताए।

विराटनगर महानगरको नयाँ र पुरानो भवनकोबीचमा पैदल हिड्ने ठाँउमा आइतबार दिउँसो २ बजेतिर बिहान बिस्फोट भएको थियो। विस्फोट भएको ठाँउ मेयरको कक्ष भएको पर्खालबाट तीन मिटर मात्रै टाढा हो। 

विस्फोटले मेयरको गाडीमा सिसा फुटेर क्षति पुगेको छ भने बिस्फोट स्थलका सोफा र दराज  र आसपासका धुजाधुजा भएको महानगरका कर्मचारी धिरज राईले बताएका हुन्। 

विराटनगर ७ स्थित शनिहाट क्षेत्रमा रहेको महानगरमा भएको बिस्फोटले कुनै मानविय क्षति भने नभएको महानगरले जनाएको छ। बम विस्फोट भएको क्षेत्र प्रहरी पोस्टबाट साढे १ किलोमिटर मात्रै टाढा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।