आइतबार, साउन २४, २०८३

भरुवा बन्दुक र खुकुरीसहित दुई जना पक्राउ

वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइलीबाट एक थान एकनाले भरुवा बन्दुक, सात थान सिसाको टुक्रा र एक थान खुकुरीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

सुर्खेत- वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइलीबाट एक थान एकनाले भरुवा बन्दुक, सात थान सिसाको टुक्रा र एक थान खुकुरीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही नगरपालिका-९ लाटीकोइली बस्ने ३९ वर्षीय कृष्ण भन्ने सुरज राना र २२ वर्षीय समिप श्रेष्ठ रहेका छन्। 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले सुरज रानाको घरबाट उक्त हातहतियारसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो। प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित: Jun 06, 2022| 12:31 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।