आइतबार, साउन २४, २०८३

जबरजस्ती करणी अभियोगमा गोदावरीबाट एक जना पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

ललितपुर- किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। १५ वर्षीया किशोरीलाई जबरजस्ती गरणी गरेको अभियोगमा प्रहरीले गोदावरी नगरपालिका-१४ ठैब बस्ने रामेछाप खांडादेवी गाउँपालिका-१ लुभुघाट घर भएका २३ वर्षीय अनोज माझीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

गोदावरी नगरपालिका-१ दमैटारस्थित सडक किनारामा माझीले चलाउँदै आएको प्रदेश ३-०१-०२४ च ३५९७ नम्बरको हात्ती गाडीमा ती बालिकालाई ललाई फकाई जेठ ९ गते राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 06, 2022| 12:08 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।