बिहीबार, असार ४, २०८३

कैलालीमा बाघले आक्रमण गर्दा एक महिला घाइते

कैलालीको घोडाघोडी नगरपालिकामा बाघले आक्रमण गर्दा एक महिला घाइते भएकी छन्। वडा नम्बर-८ लठुवाकी ५४ वर्षीया बिस्णा बोहरा बाघको आक्रमणबाट घाइते भएकी हुन्।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

सुखड- कैलालीको घोडाघोडी नगरपालिकामा बाघले आक्रमण गर्दा एक महिला घाइते भएकी छन्। वडा नम्बर-८ लठुवाकी ५४ वर्षीया बिस्णा बोहरा बाघको आक्रमणबाट घाइते भएकी हुन्।

National life

उनको मुख, हात र टाउकोमा चोट चालेको प्रहरीले जनाएको छ। सोमबार बिहान लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो।

इलाका प्रहरी कार्यालय सुखडका डीएसपी लक्ष्मण बहादुर शाहीले बोहराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको बताए। 

बोहराले प्रतिकार गर्दा आक्रमण गर्ने बाघसमेत घाइते भएको प्रहरीले जनाएको छ। घाइते बाघको उद्धारको लागी बर्दिया राष्ट्रिय निकुञ्जलाई खबर गरिसकेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ।

प्रकाशित: Jun 06, 2022| 11:42 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।