शनिबार, मंसिर ६, २०८२

नाडाल १४औं पटक फ्रेन्च ओपन च्याम्यिपयन

राफेल नाडालले ऐतिहासिक १४औं पटक फ्रेन्च ओपनको उपाधि जितेका छन्। आइतबार राति फ्रान्सको राजधानी पेरिसमा सम्पन्न खेलमा नाडालले १४औं पटक उपाधि जितेका हुन्।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- राफेल नाडालले ऐतिहासिक १४औं पटक फ्रेन्च ओपनको उपाधि जितेका छन्। आइतबार राति फ्रान्सको राजधानी पेरिसमा सम्पन्न खेलमा नाडालले १४औं पटक उपाधि जितेका हुन्।

National life

फ्रेन्च ओपनका राजाका रूपमा चिनिएका नाडालले रोनाल्ड ग्यारोजमा नर्वेजियन प्रतिस्पर्धी क्यास्पर रुडलाई सोझो सेटमा हराएका थिए। स्पेनका ३६ वर्षे नाडालले ६–३, ६–३ र ६–० को सेटमा जित निकालेका हुन्।

यो जितसँगै नाडालले ग्रान्डस्मको संख्या पनि २२ पुगेको छ। उनको यो सर्वाधिक ग्राण्डस्लम उपाधि पनि हो। उनको नजिक रहेको नोभाक जोकोबीचको उपाधिसंख्याभन्दा दुई धेरै हो।

जोकोभिचले अहिलेसम्म २० उपाधि जितेका छन् भने रोजर फेडेररले पनि २० उपाधि जितेका छन्।

उनले गएको जनवरीमा अस्ट्रेलियन ओपन पनि जितेका थिए। त्यो प्रतियोगितामा जोकोबीचलाई प्रतिबन्ध लगाइएको थियो। यससँगै नाडालले सन् २०१० पछि लगातार दुई उपाधि जितेका हुन्। त्यतिबेला उनले फ्रेन्च ओपन, विम्बल्डन र यूएस ओपन लगातार जितेका थिए।

Laxmi sunrise bank
kumari

आइतबारको उपाधिसँगै नाडाले सबैभन्दा पाको उमेरमा फ्रेन्च ओपनको उपाधि जित्ने खेलाडी बनेका छन्। उनले ३६औं जन्मदिनको दुई दिनपछि उपाधि जितेका हुन्। 

अघिल्लो वर्षको अन्तिममा खुट्टाको समस्यापछि उनले टेनिसबाट संन्यास लिनेबारे पनि कुरा गरेका थिए। खुट्टाको समस्यापछि इटालियन ओपनमा उनलाई समस्या भएको थियो।

यद्यपि उनले संन्यास लिएनन्। त्यस्तै, उनको रिबमा देखिएको समस्याका कारण उनी दुई महिना मैदानबाहिर बसेका थिए। उनले अस्ट्रेलियन ओपन जितेपछि उनी मैदानबाट टाढा भएका थिए।

‘यात्रामा निरन्तर अघि बढिरहनको लागि धेरै शक्ति चाहिन्छ। म सबैलाई धेरै धेरै धन्यवाद भन्न चहान्छु,’ उपाधि जितेपछि नाडालले भने, ‘मलाई थाहा छैन कि भविष्यमा के हुन्छ तर म अघि बढ्नका लागि संघर्ष गरिरहनेछु,’ उनले भने।

तर, अब उनले खुट्टाको समस्या समाधान गर्नका लागि एनेस्थेसिया लिनुपर्ने भएको छ। यदि त्यस्तो भएमा उनले आउँदो प्रतियोगिता भने गुमाउनेछन्। त्यसैले उनले अब खेलिरहन नचाहेको बताएका छन्।

उनले सन् २००५ मा पहिलो पटक १९ वर्षको उमेरमा फ्रेन्च ओपनको उपाधि पहिलो पटक जितेका थिए। त्यसयता उनले १४ उपाधि जितिसकेका छन्। सबैभन्दा धेरै पटक फ्रेन्च ओपन जित्ने खेलाडी पनि नाडाल नै हुन्।

प्रकाशित: Jun 06, 2022| 11:20 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।