बिहीबार, असार ४, २०८३

क्यासिनोमा पसेर धम्काउने सात जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९
National life
Shivam cement

बाँके- बाँकेको नेपालगञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। 

न्यौपानेका अनुसार पक्राउ पर्नेमा मनोज विक, विपिनसिंह बडुवाल, गणेश शर्मा, सुलभ कार्की, विक्रम क्षेत्री, आकाश सिंह र मोहित शाह छन्। उनले क्यासिनोभित्र प्रवेश गरी धम्क्याउने गरेको उजुरी आएकाले उनीहरूलाई पक्राउ गरिएको उल्लेख गरे।   

पक्राउ परेकालाई कानुनी कारबाही गर्ने वा के गर्ने भन्ने विषयमा छलफल चलिरहेको जनाइएको छ। क्यासिनोमा विदेशी बाहेक नेपालीलाई प्रवेश निषेध गरिएको छ तर नेपालगञ्जका क्यासिनोले निर्वाधरुपमा नेपालीलाई प्रवेश दिइएको बताइएको छ। 

प्रकाशित: Jun 06, 2022| 11:06 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।