बर्दिया- मधुवन नगरपालिका-२ सोनाहा फाँटामा सोमबार बाघको आक्रमणमा परी एक महिला घाइते भएकी छन्। सोमबार बिहान करिब ८ बजेर ४५ मिनेटमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी हुन्।
खेतमा काम गरी आराम गर्न रुखमुनी बसिरहेको अवस्थामा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक हृदयेश सापकोटाले बताए।
बाघको आक्रमणबाट सोही ठाउँ बस्ने ४१ वर्षीया अस्मिता थारु घाइते भएको प्रहरीको भनाइ छ। उनको दाहिने हात र तिघ्रा बाघले हिर्काएको पन्जाले गम्भीर चोट लागेको छ।
बाघले आक्रमण गरेपछि उनीसँग खेतमा गएकाले हो-हल्ला गरेपछि बाघ भागेको प्रहरीले जनाएको छ। थारुलाई उपचारका लागि नेपालगन्ज लगिएको छ।