शनिबार, मंसिर ६, २०८२

नेसन्स लिग : पोर्चुगल र नर्वेको जित, बराबरीमा रोकियो स्पेन

पोर्चुगलको स्टेडियो जोसे अल्वालिडमा सम्पन्न भएको खेलमा घरेलु टोलीले पाहुना टिम स्विटजरल्यान्डलाई ४-० ले हराएको हो।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- यूईएफए नेसन्स लिगको आइतबार राति सम्पन्न खेलामा पोर्चुगल र नर्वेले जित निकालेका छन्। पोर्चुगलको स्टेडियो जोसे अल्वालिडमा सम्पन्न भएको खेलमा घरेलु टोलीले पाहुना टिम स्विटजरल्यान्डलाई ४-० ले हराएको हो।

National life

समूह बी को खेलमा जित निकाल्ने क्रममा पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे। त्यसअघि खेलको १५औं मिनेटमा विलियम कार्वाहोलले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।

रोनाल्डोले खेलेका ३५औं र ३९औं मिनेटमा दुई गोल गरेका हुन्। त्यसक्रममा उनले चार मिनेटमै दुई गोल गरे। यससँगै पहिलो हाफमै पोर्चुगल ३-० ले अघि थियो। दोस्रो हाफमा जोआ क्यान्सेलोले एक गोल थपे।

यो जितसँगै पोर्चुगलले दुई खेलबाट चार अंक बनाएको छ। यता सोहि समूहको अर्को खेलमा भने स्पेन र चेक गणतन्त्रले बराबरी खेलेका छन्। चेक गणतन्त्रको मैदानमा भएको खेलमा उनीहरुले २-२ को बराबरी गर्दै १-१ बाँडेका छन्। यो बराबरीसँगै चार अंक बनाएको चेक गणतन्त्र दोस्रो स्थानमा छ भने स्पेन २ अंकका साथ तेस्रो स्थानमा छ। दुवै खेलमा पराजित स्विटजरल्यान्ड भने चौथो स्थानमा छ।

यता समूह एचको खेलमा भने नर्वेले स्विडेनलाई २-१ गोलले हराएको छ। स्विडेनले घरेलु मैदानमै हार बेहोरेको हो। खेलको २०औं मिनेटमा पेनाल्टी पाएपछि इलिङ हाल्यान्डले गोल गरेका थिए। हाल्यान्डले खेलको ६९औं मिनेटमा दोस्रो गोल गरे।

Laxmi sunrise bank
kumari

त्यस्तै, स्विडेनका एन्थोनी एलान्गाले ९२औं मिनेटमा गोल फर्काए पनि जितका लागि पर्याप्त भएन। आइतबार राति नै  सम्पन्न समूह एचको अर्को खेलमा सर्बियाले स्लोभानियालाई ४-१ ले हराएको छ। आइतबा राति ग्रिसले १० खेलाडीमा समेटिएको टिम कोसोभोविरुद्ध जित निकालेको छ भने जर्जियाले बुल्गेरियालाई ५-२ गोलअन्तरले हराएको छ।

प्रकाशित: Jun 06, 2022| 10:14 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।