मंगलबार, फागुन १९, २०८२

युक्रेनलाई हराउँदै वेल्स विश्वकपमा छनोट

उसले आइतबार राति सम्पन्न खेलमा युक्रेनलाई १-० ले हराउँदै विश्वकपमा स्थान बनाएको हो।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- आइतबार राति आउँदो फिफा विश्वकपको युरोपेली छनोट सम्पन्न भएको छ। छनोटअन्तर्गत प्ले अफको अन्तिम खेलमा वेल्स र युक्रेनले प्रतिस्पर्धा गरेपछि युरोपबाट विश्वकपमा सहभागि बन्ने सबै टिमको टुंगो लागेको हो।

अब युरोपबाट यसै वर्ष कतारमा हुने विश्वकप खेल्ने १३औं देश बनेको छ वेल्स। उसले आइतबार राति सम्पन्न खेलमा युक्रेनलाई १-० ले हराउँदै विश्वकपमा स्थान बनाएको हो।

यो प्ले अफको खेल केहि समयअघि नै सम्पन्न भइसक्नु पर्ने थियो। तर, रसिया र युक्रेनको युद्ध चलिरहेको कारण युक्रेनले छनोटमा सहभागिता जनाउन सकेको थिएन।

युद्धबीच पनि विश्वकपमा खेल्ने सपना लिएर युक्रेट क्वालिफायमा होमिएको थियो। क्वालिफारको सेमिफाइनल खेलमा उसले स्कटल्यान्डलाई हराए पनि फाइनलमा जित निकाल्न सकेन।

क्वालिफायरको फाइनल खेलमा आत्मघाति गोलका कारण युक्रेनले खेल गुमाएको हो। खेलको ३४औं मिनेटमा ग्यारेथ बेलले प्रहार गरेको फ्रि किक युक्रेनका एन्ड्रिी यर्मोलेन्कोलाई लागेर बलले दिशा परिवर्तन गर्दै पोस्टभित्र छिरेको थियो। यससँगै खेलमा वेल्सले जित निकालेको हो।

kumari

प्रकाशित: Jun 06, 2022| 09:55 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।