शनिबार, मंसिर ६, २०८२

कुवेतमा नेपाली टिमको अभ्यास सुरु

कुवेत सिटीमा रहेको नेपाली टिमले अहमादी स्थित अल शवाव स्टेडियममा पहिलो दिनको अभ्यास सत्र पूरा गरेका हो। नेपालले स्थानिय समय अनुसार साझ ७ बजे (नेपाली पौने १० बजे) अभ्यास गरेको हो।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

कुवेत- एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेत आईपुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिनको अभ्यास पूरा गरेको छ।  

National life

कुवेत सिटीमा रहेको नेपाली टिमले अहमादी स्थित अल शवाव स्टेडियममा पहिलो दिनको अभ्यास सत्र पूरा गरेका हो। नेपालले स्थानिय समय अनुसार साझ ७ बजे (नेपाली पौने १० बजे) अभ्यास गरेको हो। 

नेपाली टिमले केहि समय कतारको दोहामा अभ्यास पूरा गर्दै कुवते पुगेको हो। कतारमा नेपालले टिमोर लिस्टे, श्रीलंका र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जहाँ टिमोरसँग २ २ र श्रीलंकासँग ११ गोलको बराबरी खेल्दा नेपाल ओमानसँग २० ले पराजित भएको थियो। 

यसपछि नेपाली टिम शनिबार (हिजो) कुवेत आईपुगेको थियो। नेपालले भोलि सोमबार समेत सोहि मैदानमा अभ्यास गर्नेछ। स्थानिय समय अनुसार ७ बजे सुरु हुने अभ्यासमा नेपाली समर्थकलाई आफ्नो राष्ट्रको अभ्यास सत्र हेर्न प्रवेश दिने प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बताएका छन्।  

हाल टोलीमा २३ खेलाडी सहित नौं अफिसियल छन्। समूह ए मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 06, 2022| 09:40 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।