बिहीबार, असार ४, २०८३

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङको रतुवामाई १ मा पर्ने आमबारी–कुटुमगञ्ज सडकखण्डमा आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक २५ वर्षीय राजकुमार शर्माको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९
National life
Shivam cement

मोरङ- मोटरसाइकल अनियन्त्रित हुँदा भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। मोरङको रतुवामाई १ मा पर्ने आमबारी–कुटुमगञ्ज सडकखण्डमा आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक २५ वर्षीय राजकुमार शर्माको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार मोरङ सुनवर्षी ९ का शर्मा भारत अररियाका किसनकुमार कामतलाई मोटरसाइकलमा  पछाडी राखेर उत्तरबाट दक्षिणतर्फ जाँदै थिए। तीव्र गतिमा रहेको मे४प ४५५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

गम्भीर घाइते शर्मालाई उपचारका लागि रङ्गेली अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए।  मोटरसाइकलको पछाडी सवार कामत पनि घाइते छन्। उनको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Jun 06, 2022| 09:26 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।