इंग्ल्याण्ड- इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब लिभरपुलले यस सिजनको प्रिमियर लिगमा सानदार जितसँगै सुखद शुरुवात गरेको छ।
आइतबार भएको खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो। लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि स्टाइकर साडिओ मानेले दुई तथा मोहमद सलाहा र डानिएल स्टरिजले एक–एक गोल गरेका हुन्।
पहिलो हाफमा लिभरपुलले २–० को अग्रता बनाएको थियो। लिभरपुलका लागि सलाहाले खेलको १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।
उनले आन्द्रे रोबर्टसनको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका हुन्। त्यस्तै पहिलो हाफको इन्जुरी समयमा जेम्स मिल्नरको पासमा मानेले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।
खेलको शुरुवाती समय देखी नै दबाब राखेको लिभरपुलले खेलको ५३ औं मिनेटमा पुनः एक गोल थप्यो। ५३ औं मिनेटमा रोबर्टो फिर्मिन्नोको पासमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए।
त्यसपछि ८७ औं मिनेटमा सलाहाको स्थानमा आएका डानिएल मैदान प्रवेश गरेको एक मिनेटमानै गोल गर्दै ४-० को अग्रता बनाएका थियो। यस जितसँगै लिभरपुलले आफ्नो प्रिमियर लिगमा सानदार शुरुवात गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४