बिहीबार, असार ४, २०८३

मनसुन भित्रिएसँगै लमजुङमा सबैभन्दा धेरै वर्षा

मनसुन भित्रिएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। बागमती, मधेस प्रदेश र प्रदेश-१ को मौसम अहिले सामान्यदेखि पूर्ण बदली भएको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- मनसुन भित्रिएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। बागमती, मधेस प्रदेश र प्रदेश-१ को मौसम अहिले सामान्यदेखि पूर्ण बदली भएको छ। अन्य प्रदेशमा पनि मौसम आंशिकदेखि सामान्य बदली छ।

National life

मनसुन सक्रिय भएसँगै गएको २४ घण्टामा लमजुङ र सिन्धुलीमा सबैभन्दा धेरै वर्षा भएको छ। लमजुङको खुँदी बजारमा एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ भने सिन्धुलीको कुसुन्टारमा ८८ मिलिमिटरभन्दा धेरै पानी परेको मौम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै, पोखरामा लामापाटनमा पनि ६० मिलिमिटरभन्दा धेरै पानी परेको छ। यी क्षेत्रका खहरे खोलामा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ। आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

प्रदेश-१ बाट भित्रिएको मनसुन एक हप्ताभित्र देशभर फैलने अनुमान गरिएको छ। नेपालमा समान्यतया जुन १३ तारिखमा मनसुन भित्रने भनिए पनि यसपालि मनसुन ५ तारिखमा नै मनसुन भित्रिएको छ।

प्रकाशित: Jun 06, 2022| 08:19 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।