कञ्चनपुर- प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका बलराम चौधरी रहेका छन्।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले पैदल हिँड्दै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनको साथबाट लुकाएर राखेको खैरो हेरोइन बरामद भएको जनाएको छ। प्रहरीका अनुसार उक्त लागूऔषध १२.११ ग्राम रहेको छ।
उनलाई हिरासतमा राखी यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।