बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फोहोरको थुप्रोसँगै काठमाडौंमा बढ्यो विभिन्न रोगको जोखिम

फोहोरको थुप्रोसँगै काठमाडौंमा बढ्यो विभिन्न रोगको जोखिम

काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहले फोहोर व्यवस्थापनलाई आफ्नो मुख्य र पहिलो प्राथमिकता बनाएका छन्।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहले फोहोर व्यवस्थापनलाई आफ्नो मुख्य र पहिलो प्राथमिकता बनाएका छन्। फोहोर व्यवस्थापनकै लागि उनको सक्रियता पनि बढेको छ। तर, काठमाडौंमा एक साताभन्दा लामो समयदेखि फोहोर उठ्न नसक्दा सहर निकै दुर्गन्धित बनेको छ।

National life

सिसडोलबाट बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न थालिए पनि एक सादेखि उपत्यकाको फोहोर उठ्न सकेको छैन। जसले गर्दा काठमाडौंका सडक दुर्गन्धित बनेका छन्। काठमाडौंका सडक, चोक र नदी किनारमा फोहोर थुप्रिँदा काठमाडौं उपत्यकामा झनै दुर्गन्ध फैलिएको हो। र, यसले झाडापखाला, फुड पोइजन जस्ता स्वास्थ्य समस्याको जोखिम बढाएको छ।

विगत चार महिनादेखि फोहोरको नियमित व्यवस्थापन हुन सकेको छैन। फोहोर व्यवस्थापन नहुँदा विभिन्न सडकका छेउमा फोहोरको थुप्रो नै लागेको देखिन्छ। मानिस दैनिक फोहोरको थुप्रो पार गरेर आवतजावत गर्न बाध्य छन्।

काठमाडौं महानगरका अनुसार उपत्यकामा करिब आठ हजार टन फोहोर थुप्रिसकेको छ। बन्चरेडाँडामा स्थानीयले विभिन्न चारबुँदे माग राखेर फोहोर ढुवानी रोकेपछि उपत्यकाको फोहोर संकलन हुन नसकेको हो। स्थानीयले ल्यान्डफिल साइटबाट प्रभावित १३ गाउँका मानिसले भोगचलन गर्दै आएको जग्गा अधिग्रहण गरेर फोहोर र मानिसलाई उचित व्यवस्थापन हुनुपर्नेलगायत माग राखेका छन्। उनीहरूले फोहोर पीडित स्थानीयलाई रोजगारीको व्यवस्था हुनुपर्ने मागसमेत राखेका छन्।

गर्मीसँगै नियमितजसो वर्षाका कारण फोहोरबाट रोग फैलिन सक्ने त्रासमा राजधानीवासी छन्। 

उपत्यकामा जम्मा भएको फोहोरमध्ये धेरैजसो काठमाडौं उपत्यकाका बागमती, रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी खोलालगायत नदी किनारका सडक एवं सार्वजनिक स्थानमा थुपारिएको छ। यसरी थुपारिएको फोहोर सिँधै नदीमा मिसिने गरेको वातावरण क्षेत्रमा अनुसन्धान गरिरहेका गोदावरीका अशोक महर्जन बताउँछन्।

Shivam cement

गर्मीसँगै नियमितजसो वर्षाका कारण फोहोरबाट रोग फैलिन सक्ने त्रासमा राजधानीवासी छन्। फोहोर नउठे पनि बागमती सफाइ महाअभियानले शनिवार ४७३औं हप्ताको सफाइ कार्यक्रम जारी राखेको थियो। सफाइबाट चार मेट्रिक टन फोहोर उठाइएको थियो।

उठाइएको फोहोर लिन काठमाडौं महानगरपालिकाको गाडी नआएपछि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको गाडीमा राखेर नकुहिने फोहोर कार्यालय नजिकको खाली ठाउँमा राखिएको छ।

कुहिने फोहोर भने नदी किनारमै छोड्ने गरिएकाले नदीमै मिसिन थालेको छ। फोहोर व्यवस्थापन नगर्दा सफाइ महाअभियानको अर्थ नहुने अभियानकर्मीहरू बताउँछन्।

नदी किनारबाट फोहोर टिपी किनारमै थुपारेर फेरि नदीमै मिसिनेक्रम चार महिनादेखि बढ्न थालेपछि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गाडीको व्यवस्था गरी कार्यालय परिसरको खाली स्थानमा राखेर व्यवस्थापन गर्न थालेको सञ्चालक सदस्यसमेत रहेका सफाइ अभियानकर्मी डा. माला खरेलको भनाइ छ।

काठमाडौं महानगरपालिकाका अनुसार उपत्यकामा एकै दिन १२ सय टनसम्म फोहोर उत्पादन हुन्छ। त्यसमध्ये ५० प्रतिशत फोहोर काठमाडौंबाट मात्रै उत्पादन हुन्छ।

प्रकाशित: Jun 06, 2022| 07:01 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।