आइतबार, साउन २४, २०८३

देशका अधिकांश स्थानमा आज वर्षा हुने

देशका केही स्थानमा आज वर्षा हुने सम्भावना छ। नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- देशका केही स्थानमा आज वर्षा हुने सम्भावना छ। नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ। पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले प्रदेश नम्बर-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली छ। प्रदेश-१, बागमती र गण्डकी  प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश-१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश-१, बागमती र गण्डकीका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश-१, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका पहाडी भूभागका एक/दुई  स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Jun 06, 2022| 06:31 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।