आइतबार, साउन २४, २०८३

चुरे वनमा ५ सय वृक्षरोपण

विश्व वातावरण दिवसको अवसरमा धनुषाका युवाले वृक्षरोपण गरेका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ स्थित केशरदमारमा ५ सय बिरुवा रोपेका हुन्।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

धनुषा- विश्व वातावरण दिवसको अवसरमा धनुषाका युवाहरुले वृक्षरोपण गरेका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिकाको उत्तरीबेल्टमा पर्ने केशरदमारमा ५ सय बिरुवा रोपेका हुन्। 

समाजिक संस्था 'कायापलट' तथा सेभ द चिल्ड्रेनको आयोजनामा तथा उद्धोग, पर्यटन वन तथा वातावरण मन्त्रालय, मधेस प्रदेश , गणेशमान चारनाथ नगरपालिका र नेपाल आदिवासी जनजाति महासंघ, मधेस प्रदेशको सहकार्यमा वृक्षरोपण कार्यक्रम गरिएको थियो। 

वातावरण दिवसका अवसरमा चुरे संरक्षणमा सरोकारवालालाई उत्तरदायी बनाउन चुरे संरक्षण अभियानसमेत सुरु गरिएको कायापलटका संयोजक दिवाकर उप्रेतीले बताए। 

कार्यक्रममा गणेशमान चारनाथ नगरपालिकाका मेयर जितनारायण यादवले संरक्षणमा स्थानीय तहको स्रोत र साधनले भ्याएसम्म चुरे संरक्षणमा सहयोग  प्रतिबद्धता व्यक्त गरे। समग्रमा युवा तथा बालबालिकाले वन तथा रुखको अस्तित्व बुझे स्वत: हरियाली हुने र जलवायु संकटसँग लड्न सकिने उल्लेख गरे।

कार्यक्रममा सेभ द चिल्ड्रेनका अभिलेष विनित कर्ण, नेपाल आदिवासी जनजाति महासंघ मधेस प्रदेशका अध्यक्ष मनोज दनुवार तथा सामुदायिक वन अध्यक्ष वीरबहादुर मगरलगायत ७० बढीको सहभागिता रहेको थियो।

प्रकाशित: Jun 05, 2022| 20:27 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।