बिहीबार, असार ४, २०८३

बाछो काटेर मासु भाग लगाउँदै गरेका मोक्तान पक्राउ

गाईको बाछो काटेर मासु भाग लगाइरहेको अवस्थामा प्रहरीले मध्यपुरथिमि नगरपालिका–८ बोडेबाट एकजनालाई पक्राउ गरेको छ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९
National life
Shivam cement

काठमाडौं- गाईको बाछो काटेर मासु भाग लगाइरहेको अवस्थामा प्रहरीले मध्यपुरथिमि नगरपालिका–८ बोडेबाट एकजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दोलखा काटाकुटी गाउँपालिका–२ घर भई हाल बोडे पाटी बिहार बस्ने ३८ वर्षीय निमा मोक्तानलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित वडा कार्यालयको भवन नजिकैको सार्वजनिक शौचालयमा गाईको बाछो काटी मासु भाग लगाइरहेको स्थानीयवासीले जानकारी गराएलगत्तै महानगरीय प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले मोक्तानलाई बाछोको मासुसहित पक्राउ गरेको हो। प्रहरीले आइतबार मोक्तानलाई जिल्ला अदालत भक्तपुर पेस गरी थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउने पाण्डेले जानकारी दिए।

प्रकाशित: Jun 05, 2022| 22:00 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।